सोचाइकी शर्मालाई ‘लिड २०३० च्यालेञ्ज’

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वान योङ वल्ड’ले विश्व प्रतिष्ठित ब्राण्डसँगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यको खोजी गरिएको थियो ।    

काठमाडौँ । कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर स्थापित सोसल चेञ्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)की प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा लिड २०३० च्यालेञ्जमा विजयी भएकी छन् ।

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वान योङ वल्ड’ले विश्व प्रतिष्ठित ब्राण्डसँगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरिका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यको खोजी गरिएको थियो ।

शर्माले उक्त अवार्डले देशमा ब्याप्त रहेको कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न थप प्रेरणा मिलेको बताइन् । नवीनतम् सिर्जना, शिक्षा र सामाजिक व्यवसायमार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको सोचाइले दिगो विकास लक्ष्य नं २ ‘भोकमरीको अन्त्य’ प्रवर्गअन्तर्गत १०० देशबाट आएका एक हजार २०० प्रतिस्पर्धीलाई उछिन्दै ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

सोचाइले पोषण, सरसफाइ तथा यससम्बन्धी जानकारीको अभावले हाम्रो गाउँ समाजमा निम्त्याएको गम्भीर समस्या समाधान गर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाइले पोषण माला तथा महिनावारी जस्ता नयाँ सिर्जना गर्दै आमा, बच्चा, किशोरकिशोरी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदाय लक्षित कार्यक्रम गर्दै आइरहेको छ ।     रासस