चीनमा ‘साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो’ सुरु, नेपालका १२१ स्टल

मेलामा नेपालका १२१ स्टल रहेका छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट ६९ र नेपाल चाइना काउन्सिलबाट ५२ स्टल रहेका छन् ।

चीन । साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो बुधबारबाट सुरु भएको छ। चीनको कुनमिङ् प्रान्तमा भएको एक्स्पोमा दक्षिण एसियाका साथै हङ्कङ्, म्यानमार, सिंगापुर, मलेसिया, चीनलगायतका देशका उत्पादन पदर्शनमा राखिएको छ ।

मेलामा नेपालका १२१ स्टल रहेका छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट ६९ र नेपाल चाइना काउन्सिलबाट ५२ स्टल रहेका छन् ।

नेपाली हस्तकलाका सामग्री पश्मिना, मूर्ति तथा हेन्डिक्राफ्टका सामानहरु प्रदर्शनको आकर्षणको रुपमा रहेका छन्।