धनुषाधाम नगरपालिकामा बम विस्फोट

प्रहरीका अनुसार बम विस्फोटका कारण सभाहलको पर्खाल भत्किएको छ ।

धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा अज्ञात समूहले बम विस्फोट गराएको छ । बुधबार राति करिब नौ बजेतिर अज्ञात समूहले नगरपालिकाको सभाहल नजिकै बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोटका कारण सभाहलको पर्खाल भत्किएको छ । बम विस्फोट कस्ले विस्फोट गरायो र किन गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।