सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय फिर्ता, तत्काल नबढ्ने

यातायात व्यवस्था विभागले हीबार सार्वजनिक यातायातमा १२ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेपनि त्यसको २४ घण्टा नवित्दै भाडा वृद्धि फिर्ता लिएको हो ।

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले हीबार सार्वजनिक यातायातमा १२ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेपनि त्यसको २४ घण्टा नवित्दै भाडा वृद्धि फिर्ता लिएको हो ।

तत्काल कुनै पनि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने यातायात व्यवस्था विभागले जनाएको छ । निर्णय फिर्ता लिएको बारे विभागले धारणा सार्वजनिक गर्न चाहेको छैन ।