पुनःनिर्माण प्राधिकरणले काभ्रेमा प्रदर्शनी गर्ने

पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय प्रदर्शनी गर्ने भएको छ ।

विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले सो निर्णय गरेको हो ।

पुनःनिर्माणसम्बन्धी जानकारी सबैलाई थाहा नभएकाले प्रदर्शनीको आयोजनाका विषयमा प्राधिकरण लागि परेको प्राधिकरण काभ्रेका प्रमुख धु्रव गैंडाले बताए ।

प्रदर्शनी कहिले गर्ने भन्ने निर्णय भने प्राधिकरणले अहिलेसम्म गरेको छैन । सकेसम्म महोत्सवको अवसर पारेर गर्ने भन्ने मात्र बैठकले निर्णय गरेको छ । त्यस्तै, प्राधिकरणकै नेतृत्वमा भूकम्प प्रभावित १४ जिल्लामा अनुगमन टोलीसमेत गठन गर्न लागिएको बैठकका क्रममा जानकारी गराइएको छ । डीएलपीआईओका अनुगमन तथा मूल्याङ्कन विज्ञ रोशन केशरीको नेतृत्वमा काभ्रेमा अनुगमन टोलीको गठन गर्न लागिएको हो ।

‘जोखिमयुक्त परिवारको सहयोगका लागि सहयोग गर्न गैरसरकारी संस्थासँग कुरा अगाडि बढाइसक्यौँ,’ गैंडाले भने । साथै, गुनासो भरेका पीडितको तथ्याङ्क आइसकेको, नगरपालिका र गाउँपालिकामा पठाउन मात्र बाँकी रहेको उनले जानकारी दिनुए । पुनः जाँच भइसकेपछि मात्र उक्त तथ्याङ्क पठाइने उनले बताए । रासस