काल्र्सवर्गले प्रति कार्टाेन बियर ३ हजार २ सय रुपैयाँमा बजारमा पठाउँदै आएको छ । यो उद्योगले पनि सोही मूल्यमा उत्पादन बजारमा पठाउने गरी स्थापना भएको हो । सन् १७३५ देखि उत्पादन सुरु गरेको वारस्टेनियर बियर विश्वका ६५ मुलुकहरुमा निर्यात हुन्छ । कम्पनीले प्रिमियम भेरम, प्रिमियम डुङकेल, प्रिमियम फ्रेस र रोयल वेभेरियन हेफेविजेन गरि ४ प्रकारको बियर उत्पादन गर्छ । यसमध्ये नेपालमा दुई प्रकारको बियर उत्पादन गर्ने कम्पनीको योजना छ ।
जाउलाखेल ग्रुप अन्तर्गतको राज ब्रुअरीले जर्मनीको चर्चित वियर ब्रान्ड वारस्टेइनर नेपालमा उत्पादन थालेको छ । वियर उत्पादनका लागि कम्पनीले डेढ वर्ष उद्योग स्थापना गरेको थियो ।
४ अर्ब लगानीमा भैरहवा नवलपरासीमा उद्योग स्थापन भएपनि कम्पनीले उत्पादन बजारमा ल्याउन सकेको थिएन । जर्मन कम्पनीले वारस्टेइनरकै प्रविधि र गुणस्तरमा उत्पादन हुनुपर्ने सर्त राखेपछि वियर बजारमा आउन ढिलो भएको हो । वारस्टेइनरका प्राविधिक बियर परीक्षणका लागि ४ पटकभन्दा बढी नेपाल आइसकेका थिए । राज ब्रुअरीले बियर बजारमा पठाउन अन्तिम तयारी गरेर सरकारबाट अन्तःशुल्क अनुमतिसमेत लिइसकेको छ ।
कम्पनीले गर्मी सिजनलाई लक्षित गरी वियर उत्पादन गरेर बजारमा पठाइसकेको छ । काल्र्सवर्गसँग प्रतिस्पर्धा गर्ने भएर कम्पनीले उत्पादन बजारमा ल्याएको हो । काल्र्सवर्गले प्रति कार्टाेन बियर ३ हजार २ सय रुपैयाँमा बजारमा पठाउँदै आएको छ । यो उद्योगले पनि सोही मूल्यमा उत्पादन बजारमा पठाउने गरी स्थापना भएको हो । सन् १७३५ देखि उत्पादन सुरु गरेको वारस्टेनियर बियर विश्वका ६५ मुलुकहरुमा निर्यात हुन्छ । कम्पनीले प्रिमियम भेरम, प्रिमियम डुङकेल, प्रिमियम फ्रेस र रोयल वेभेरियन हेफेविजेन गरि ४ प्रकारको बियर उत्पादन गर्छ । यसमध्ये नेपालमा दुई प्रकारको बियर उत्पादन गर्ने कम्पनीको योजना थियो ।
तस्बिर साैजन्य : साेहन श्रेष्ठ
सुरुमा वारस्टेइनर र जावलाखेल ग्रुपबीच प्रविधि तथा गुणस्तरमा जर्मनले भने अनुसार हुने भनेर सम्झौता गरिएको थियो । सोही अनुसार उद्योगको पूर्वाधार पनि बन्यो । जब पूर्वाधार बनिसकेर परीक्षण उत्पादन भयो । उक्त उत्पादनलाई जर्मनबाटै आएका वारस्टेइनरका प्राविधिकले टेस्ट गर्दा उनीहरुले भनेअनुसारको गुणस्तर नभएपछि यही गुणस्तरमा सहकार्य गर्न नसकिने बताउँदै वारस्टेइनरले अन्तिम स्वीकृति नदिएको हो ।
यसअघि पटक–पटक जर्मनीबाट आएका प्राविधिकले आफ्नो फ्याक्ट्रीमा जुन गुणस्तरको बियर उत्पादन हुन्छ, सोहीअनुसार उत्पादन नभए सहकार्य गर्न कठिन हुने बताएपछि उद्योगलाई समस्या परेको थियो ।
पानीको गुणस्तर जर्मनीको जस्तो नभएको र जर्मनीकै अनुसार गुणस्तर पु¥याउन प्राविधिकले एउटा प्रविधि थप गर्न समेत लगाएका थिए ।
सुरुमा कम्पनीले जर्मनीबाट आएका प्राविधिकले भनेअनुसार नै नयाँ एउटा प्रविधि थप गरेको थिए । तर, कम्पनीले पनि उक्त प्रविधिलाई निकालेपछि पानीमा फेरी समस्या देखियो र गुणस्तर पुगेन ।