तरलता समस्या समाधान गर्न अर्थमन्त्रीलाई महासङ्घको आग्रह

अर्थमन्त्री खतिवडाले बजारमा देखिएको तरलता समस्यालाई मैले नजिकबाट नियालेकाले यसको समाधान केही दिनभित्र हुने बताए । ‘अहिलेको समस्याले लगानीको वातावरण विग्रिँदैन्,’ उद्योगीसँगको भेटमा उनले भने, ‘केही दिनमा सबै कुरा मिल्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र नवनियुक्त अर्थमन्त्री डाक्टर युवराज खतिवडाबीच भेटवार्ता भएको छ । भेटमा महासङ्घकातर्फबाट अध्यक्ष भवानी राणाले बजारमा देखिएको तरलता समस्यालाई तत्काल समाधान गर्न अर्थमन्त्री खतिवडासमक्ष आग्रह समेत गरेकी छन् ।
अधिक तरलता बढ्दै गएका लगानीको वातावरण विग्रिने हुँदा यस्ता छिटो भन्दा छिटो समस्या समाधान गर्न अर्थमन्त्री समक्ष आग्रह गरेको उनले बताइन् ।
जवाफमा अर्थमन्त्री खतिवडाले बजारमा देखिएको तरलता समस्यालाई मैले नजिकबाट नियालेकाले यसको समाधान केही दिनभित्र हुने बताए । ‘अहिलेको समस्याले लगानीको वातावरण विग्रिँदैन्,’ उद्योगीसँगको भेटमा उनले भने, ‘केही दिनमा सबै कुरा मिल्छ ।’
त्यसैगरी महासङ्घले कर अधिकृतले अव्यवहारिक रुपमा कर निर्धारण गर्दा धेरै उद्योगी÷व्यवसायी समस्यामा परेको र यसलाई पनि समाधान गर्न मन्त्री खतिवडालाई अनुरोध गरेको छ । अर्थमन्त्री खतिवडाको कार्यकक्षमा भेटेर उनीहरुले उद्योगी÷व्यवसायीले भोग्दै आएको समस्याको बारेमा जानकारी समेत गराएका थिए ।
त्यसैगरी, महासङ्घका पदाधिकारीले मङ्गलबार नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवलाई समेत भेट गरेका छन् ।