चेम्बरको जोड डबल डिजिट ग्रोथ

नेपाल चेम्वर अफ कमर्सले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्वरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्र त्यसका लागि संयुक्त रुपमा मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिएको छ ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक विशेष कार्यक्रमबीच २३ पृष्ठ लामो सुझाब प्रतिवेदन बुझाएका हुन् । त्यसमा कृषि, उर्जा, पर्यटन क्षेत्रका सुझाब छन । यस्तै डुईग विजनेशको लागत घटाउने, कानुनी शासनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी विषय सुझाबका बुँंदाहरु छन । साथसाथै राजस्वतर्फ, सेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेटालियम पदार्थ सम्वन्धी व्यवस्थालगायतका विषयमा पनि सुझाबका बुँंदा छन ।

सुझाबको बँुंदामा अत्यधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै विदा दिइनुपर्ने सुझाब छ । अन्य सुझाबका बुँंदाहरुमा आर्थिक क्षेत्रसँंग सम्वन्धित ऐनहरुलाई ग्राहयता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिग क्षेत्रका सुझाब छन । वित्त व्यवस्थातर्फ, श्रोतको अभिलेखीकरण, बजार अनुगमन तथा कालोबजार ऐन गरी सुझाब १८ वटा बुँंदामा उल्लेख भएका छन ।

चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी दिए । उनले तत्काल गर्न सकिने र दीर्घकालिन योजनाका सुझाबहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराए । स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा चेम्वरका निवर्तमान अध्यक्ष सुरेशकुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्र मान श्रेष्ठ, दीपक कुमार मलहोत्रा, इच्छाराज तामाग, भाष्करराज राजकर्णिकारलगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए ।