एसआईपी अपनाउने व्यक्तिलाई लगानीको आदत नै बस्न जान्छ । उसले व्यवस्थित ढङ्गमा हरेक महिना एउटा निर्धारित रकम लगानी गर्न थाल्छ ।
मानिसले ढिला गर्ने या टालिरहने कुनै काम छ भने त्यो ‘फाइनान्सियल प्लानिङ’ नै हो । यस्तोखाले योजना बनाउन अल्छी गरेर तपाईं तनावमुक्त भविष्यलाई वञ्चित गर्दै हुनु हुन्छ । सबैखाले वित्तीय योजना एउटै र उस्तै तरिका अपनाएर पूरा नहुन सक्छ । तपाईंको परिस्थितिको आधारमा कुनै लक्ष्य पूरा गर्न अन्य लक्ष्यको तुलनामा बढी समय लाग्न पनि सक्छ ।
तपार्इंलाई कुनै पनि समय एउटा ‘इमर्जेन्सी फन्ड’ को आवश्यकता पर्न सक्छ । अल्पकालिक लक्ष्य, तपाईंको तात्कालिक खर्च हो । त्यसमा लेनदेन, विवाह–ब्रतबन्ध, शिक्षाको ऋण तिर्ने अथवा घरमा राख्ने लक्जरी फर्निचर किन्नका लागि बचत गर्नुपर्ने हुन सक्छ । दीर्घकालिक लक्ष्य, यसमा विशेषगरी तपाईंका ठूल्ठूला खर्च पर्छन् । यस्तो लक्ष्य पूरा गर्न केही वर्ष वा दशक पनि लाग्न सक्छ । उदाहरणका लागि, आफ्नो होम लोन चुकाउनु, कुनै नयाँ कारोबार सुरु गर्नु, बालबच्चाको पढाइ तथा सेवानिवृत्तिपछि आवश्यक पर्ने पैसा जोगाउनु ।
म्युचुअल फन्डको मद्दतबाट तपाईं यी र यस्ता फाइनान्सियल लक्ष्य पूरा गर्न सक्नु हुन्छ । चाहे दीर्घकालिक धनराशि तयार पार्नु होस् चाहे अल्पकालिक आवश्यकता पूरा गर्न नै किन नहोस्, पैसा जोगाएर त राख्नैपर्छ । छिमेकी भारतमा इक्विटी फन्डले पछिल्ला १० वर्षमा करिब १२ देखि १५ प्रतिशतसम्म प्रतिवर्षका दरले रिटर्न दिएको पाइन्छ । त्यस निकटतम छिमेकमा यो रिटर्न बजारभाउको ७ देखि ८ प्रतिशतसम्म बढी हुन आउँछ ।
जुन लगानीकर्ता प्रत्यक्ष लगानी गर्ने सवालमा कुशल छ उसले आफ्नो पोर्टफोलियो बनाउन सक्छ । तर, यस्तो लगानी गर्न सुरु मात्रै गर्नेले भने इक्विटी उन्मुख म्युचुअल फन्ड्समा लगानी गर्नु उत्तम हुन्छ । म्युचुअल फन्ड्स तपाईंको जीवनको वित्तीय लक्ष्यको योजना साकार पार्ने सबैभन्दा उपयुक्त माध्यम हुन सक्छ । यसले लगानी सम्बन्धी योजना बनाउनका निम्ति विभिन्नखालका ‘लगानी विकल्प’ प्रदान गरिदिन्छ । वास्तवमा यसले तपाईंको वित्तीय लक्ष्य स्पष्ट नभएका बखत मद्दत गर्छ ।
सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान
सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) को मद्दतबाट अनुशासित ढङ्गमा गरिने लगानीले नै ठूलो धनराशि आर्जन गर्न सकिन्छ । म्युचुअल फन्ड्स होस् या अन्य कुनै पनि लगानी, त्यसका निम्ति यसले प्रक्रिया प्रदान गरिदिन्छ । त्यसमा लगानीकर्ताले नियमित रुपमा केही रकम लगानी गर्छ । तपाईं आफ्नो कुनै पनि वित्तीय लक्ष्य पूरा गर्न एसआईपीको मद्दतबाट लामो समयसम्म लगानी गर्न सक्नु हुन्छ र उचित लाभ प्राप्त गर्न सक्नु हुन्छ ।
एसआईपी अपनाउने व्यक्तिलाई लगानीको आदत नै बस्न जान्छ । उसले व्यवस्थित ढङ्गमा हरेक महिना एउटा निर्धारित रकम लगानी गर्न थाल्छ । तपाईं हरेक महिना निश्चित रकमको लगानीबाट वास्तवमै आफ्नो लक्ष्य पूरा गर्न सफल हुनु हुनेछ । हरेक महिना गरिने सानो लगानीले कालान्तरमा तपाईंको लक्ष्यभित्रको ठूलो आवश्यकता पूरा हुन जान्छ । तपाईं यसरी लगानी गर्दा आफ्नो वित्तीय लक्ष्यलाई दृष्टिगत गरेर अघि बढ्न सक्नु हुन्छ । यो उदाहरणबाट तपाईंले एसआईपीको मद्दत लिँदै उत्तम तरिका अपनाएर पैसा कमाउन सक्ने अवस्था बन्ने निश्चित छ ।
तपाईंले हरेक महिना दुई हजार रुपैयाँ लगानीका साथै एसआईपी सुरु गर्दै जाँदा पाँच वर्षमा एक लाख २० हजार, १० वर्षमा दुई लाख ४० हजार जम्मा गर्न सक्नु हुन्छ, साथमा वार्षिक करिब १२ प्रतिशतको रिटर्न जोड्ने हो भने यो रकम निकै बढी हुन जान्छ । तत्कालै यस्तो काम सुरु गर्ने र लामो समयसम्म लगानी तथा बचत गरिरहने हो भने, यसबाट तपाईंलाई चक्रवृत्ति फाइदा मिल्ने निश्चित छ । यस्तो रकमबाट तपाईंका विभिन्न आवश्यकता पूर्ति गर्न सहज हुन्छ ।
नवभारतटाइम्सडटकममा प्रकाशित नवीन चाँदनीको लेखमा आधारित ।