‘विकास र व्यापारबीच सन्तुलन आवश्यक’

परराष्ट्र सचिव शंकरदास बैरागीले विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो आजेभेदोलाई जेनेभामा भेटेर विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड दिँदै विश्व व्यापार प्रणालीबाट संसारका सबै देश लाभान्वित हुनुपर्ने बताए ।

सचिव बैरागीले अतिकम विकसित देशलाई पद्धतिगत रुपमा नै सहयोग एवं समर्थन हुनुपर्ने बताउँदै उनीहरुको क्षमतागत कमजोरीलाई दृष्टिगत गर्दै संगठनले गरेका विशेष प्रावधानको कार्यान्वयनमा महानिर्देशकको ध्यानाकर्षण गराए । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नायब मानवअधिकार उच्चायुक्त केट गिलमोरलाई आजै भेटेर सचिव बैरागीले मानवअधिकार संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै राष्ट्रसंघीय मानवअधिकार संयन्त्रसँग रचनात्मक सहकार्य गरिरहेको बताए ।