एक अर्बभन्दा बढीको जलविद्युत् शिलान्यास

आठ मेगावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।

भोजपुरमा एक अर्बभन्दा बढी रुपैयाँको लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेगावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।

एक अर्ब ५० करोड रुपैयाँकोे लागतमा सम्पन्न गरिने उक्त कम्पनीका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिए । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । यो आयोजना भोजपुरको सबैभन्दा ठूलो रहेको र आयोजना सम्पन्न भएपछि स्थानीयवासीलाई पहिलो प्राथमितामा राखेर विद्युत् वितरण गरिने बताइएको छ । रासस