मन्त्री यादवकाे प्रतिवद्धता ‘लगानीकाे वातावरण बन्छ’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन ।

लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासङघको प्रतिनिधिमण्डलसँग  भेट गर्दै उनले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए । मुलुकमा उद्योगधन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्रमार्फत प्रतिवद्घता व्यक्त गरेर नयाँ सरकार आएको भन्दै उनले भने, ‘हामी मुलुकमा औद्योगिकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिवद्धताका साथ चुनाव लडेर निर्वाचित भएर आएका हौं उद्योगी÷व्यवसायीहरु ढुक्क हुनुहोस हामीले प्रतिवद्घता पूरा गर्छौं ।’

यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्धि र विकासका लागि महत्वपूर्ण काम गर्ने गरी सरकार गठन भएको उनले प्रष्ट पारे । मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्धको रहनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले भने ‘मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुकोहीतको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीब्रताका साथ गर्ने छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासको तिब्र चाहना मुखरित हुन थालेको भन्दै यसतर्फ वर्तमान सरकार राजनीतिक स्थायित्व सहित तीब्र गतिमा अग्रसर हुनु अपरिहार्य बनेको बताए । आर्थिक सम्बृद्धि र बिकासको मूख्य चुनौतीे कहाली लाग्दो आयात निर्यात ब्यापार असन्तुलन (१ः १४) लाई कम गरी यूवाहरुलाई स्वदेशमै आकर्षक रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनकाे जोड थियो ।

मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै २ लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्याङ्क भएता पनि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकेको भन्दै महासंघका अध्यक्ष गिरीले आम जनमानसमा यस्त उद्योगहरु पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा युवाहरुलाई रोजगारीमा आकर्षण श्रृजना गर्न नसकिएको, सरकारले प्रदान गर्ने सेवा सूविधाहरु पु¥याउन नसकिएको अवस्थाप्रति ध्यानाकर्षण गराए ।

वर्तमान अवस्थाको आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न आयात प्रतिष्थापनका लागि उत्पादनमुलक क्षेत्रलाई सक्रिय बनाउनका साथ साथै निर्यात प्रवर्धन गर्न पनि उत्तिकै जरुरी रहेको भन्दै उनले यसका लागि निर्यात प्रवद्र्धन गृह स्थापना गर्ने अवधारणा पहिलेदेखि नै  कार्यान्वयन गर्न नेपाल सरकार र नीजि क्षेत्रको सहकार्यमा निर्यात गृह स्थापना गर्ने कार्यक्रम बनाइएको भएता पनि हालसम्म लागू हुन नसकेको हुदा सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्ने गरि केन्द्रीय स्तरमा १ निर्यात गृह स्थापनाका लागि बजेट बिनियोजनका लागी आग्रह गरे ।