तराई लाइफलाईन हुलाकी राजमार्गको दुरावस्था (हेर्नुहाेस फोटो फिचर)

पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म फैलिने १ हजार ७ सय ९२ किलोमिटर दूरीको यो सडक निर्माणले गति लिन नसकेको हो । तराई लाइफलाइनको रुपमा हेरिएको यो राजमार्गमा बजेट अभाब, निर्माणमा ठेकेदारको लापरवाही, सरकारी निकायको उदासिनता लगायतको कारणले निर्माण प्रक्रिया निकै सुस्त रहेको छ ।

निर्माण सुरु भएको एक दशक पूरा हुँदा पनि हुलाकी राजमार्गको अवस्था दयनीय देखिएको छ । तराईका २० जिल्ला जोड्ने हुलाकी राजमार्गले गति लिन नसक्दा तराईका जनता अहिले पनि सास्ती भोगिरहेका छन् । हिउँदमा समेत हिलाम्मे यो सडक वर्षादको समयमा डुबानमा पर्ने गरेको छ ।

पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म फैलिने १ हजार ७ सय ९२ किलोमिटर दूरीको यो सडक निर्माणले गति लिन नसकेको हो । तराई लाइफलाइनको रुपमा हेरिएको यो राजमार्गमा बजेट अभाब, निर्माणमा ठेकेदारको लापरवाही, सरकारी निकायको उदासिनता लगायतको कारणले निर्माण प्रक्रिया निकै सुस्त रहेको छ ।


भारत सरकारको सहयोगमा निमार्णाधीन यो सडकले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई समेट्छ । हुलाकी सडकका पूर्वाधारमा ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो सडकको लागि पहिलो चरणमा आवश्यक पर्ने पर्ने साढे १३ अर्ब रुपैयाँ मध्ये रकम अभाब भएको छ ।
१० वर्षअघि सुरु भएको यो सडकमा अहिलेसम्म सती–भजनी–धनगढी (४० किलोमिटर) र लम्की–टीकापुर–खक्रौलाघाट (२७ किलोमिटर) मात्र निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

राजमार्गअन्तर्गत धनुषाका दुई स्थान, बारा र महोत्तरी खण्डमा करिब १०÷१२ प्रतिशत मात्र काम भएको छ भने मोरङ, सप्तरी, दाङ र पर्सा लगायतका जिल्लामा काम सुरु हुन सकेको छैन । सन् २००२ देखिनै हुलाकी सडकको चर्चा चलेर योजना बनेको थियो । तराईको लाइफ लाइन भएकाले सरकारले राष्ट्रिय गौरवको आयोजना पनि घोषणा गरेको थियो ।


आयोजनाले दोस्रो चरण अन्तर्गत ११ सडक खण्डलाई ठेक्कामा दिए पनि मोविलाइजेसनको लागि दिनुपर्ने १० प्रतिशत रकम दिन सकेको छैन । विगतमा भारतीय निर्माण कम्पनीले काम गर्दा पाँच÷सात वर्ष त्यसै अल्झिएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए । ‘विगतमा भारतीय कम्पनीले अल्झाए,’ गौतमले भने, ‘अहिले नेपाली ठेकदारले निर्माण सुरु गरे पनि बजेट अभाबले अन्योल भएको छ ।’ ठेक्का भैसकेका योजना पनि रकम दिन नसके गौतमको भनाई छ ।


पछिल्लो पटक ठेक्का भएको सुनसरीको केसलिया–चिम्डी–हरिनगर–लौकही खण्ड , सिराहामा पर्ने बलान–कमला, महोत्तरीको वासभित्ती–बल्वा–परोल–हर्दी खण्ड, बाराको अरुवा–कलैया खण्ड र सप्तरीमा पर्ने मरामा–कठौना सडक खण्डमा बजेट अभाबले काम अघि बढ्न सकेको छैन ।