सेजभित्र उद्योग दर्ताको सङ्ख्या ९ पुग्यो

जमा हालसम्म ९ ओटा उद्योग दर्ता भएका छन्,’ उनले भने, ‘अझै दर्ता गर्ने क्रम जारी रहेको छ ।’ विद्युत् प्राधिकरणले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि नयाँ उद्योग दर्ताको काम अघि बढेको भट्टले जानकारी दिए ।

भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा हालसम्म ९ ओटा उद्योग दर्ता भएको छ । भैरहवा सेजमा लामो समयसम्म विद्युत् उपलब्ध नहुँदा उद्योग दर्ताको काम अघि बढ्न सकेको थिएन ।

तर, अहिले सेजभित्र विद्युत् उपलब्ध गराउने कार्य अघि बढेसँगै उद्योग दर्ताको काम पनि अघि बढेको विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।

‘सेजमा हालसम्म ९ ओटा उद्योग दर्ता भएका छन्,’ उनले भने, ‘अझै दर्ता गर्ने क्रम जारी रहेको छ ।’ विद्युत् प्राधिकरणले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि नयाँ उद्योग दर्ताको काम अघि बढेको भट्टले जानकारी दिए ।

उनका अनुसार उद्योगलाई पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन प्राधिकरण यस अघिनै तयार भइसकेको थियो । त्यसपछि सेजमा उद्योग दर्ताको काम अघि बढेको हो । ‘उद्योगीले विद्युत् नपाएकै कारण उद्योग दर्ता तथा पूर्वाधार निर्माणको काम अघि बढाउन सकेका थिएनन्,’ भट्टले भने, ‘उद्योग, ऊर्जा, सेज र प्राधिकरणबीच भएको छलफल पछि विद्युत् आपूर्ति भएको हो ।’
नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिरकणको कारण सेज सञ्चालनमा समस्या नपर्ने बताएका थिए । ’हामीले समझदारी गरेको विजुली दिन्छौँ भनेकै हो, घिसिङले भने ।

विद्युत प्राधिकरणले तत्कालको लागि भैरहवाको ३३ केभिए प्रासरण लाइनबाट विजुली दिने प्रतिबद्धता जनाएपछि सेजले छनौट भएका उद्योगलाई दर्ताको काम अघि बढेको हो । प्रशारण लाईन निर्माण गर्न केही समय लाग्ने भएकाले तत्काल प्राधिकरणले २ मेघावाट विद्युत उपलब्ध गराउने र चैतपछि १० मेघावाट विद्युत उपलब्ध गराउने सहमति भएपछि सेजभित्र धमाधम काम अघि बढेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

सेजमा विद्युत आएलगत्तै उद्योग सञ्चालनका लागि संरचना निर्माणको काम सुरु हुने छ । जसका लागि सेज व्यवस्थापनले उद्योगीहरुलाई बोलाएर छलफल गरिरहेको छ । ‘उद्योग सञ्चालनको अनुमति पत्र लग्ने उद्योगीहरुसँग उद्योग सञ्चालनबारे छलफल गरेर सकेसम्म छिटो काम अघि बढ्नेछ’ उनले भने ।

उद्योग सञ्चालकहरुले ३ महिनादेखि १ वर्षसम्ममा उद्योगहरुको संरचना तयार भएर उत्पादन थाल्ने सेज व्यवस्थापनलाई उद्योगीहरुले बताएका छन् । सेजमा उद्योग सञ्चालनका लागि १० मेघावाट विद्युत आवश्यक पर्छ । तर, अन्य कार्यालयहरु, ओभरलोड र बाँकी प्लटमा उद्योग सञ्चालनका लागि भन्दै २० मेघावाट विद्युत ल्याउने सेजको तयारी छ ।

रुपन्देहीको बगाहामा ५२ बिघा क्षेत्रफलमा रहेको आर्थिक क्षेत्रमा १४ सय देखि ३७ सय वर्ग मिटर सम्मका ६९ वटा प्लटहरु रहेका छन् । सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइन्छ । ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ ।