महासङ्घमा लामो समयदेखि जिल्ला÷नगर उपाध्यक्ष पद रिक्त रहेकाले आगामी २५ गते चुनाव गरे उक्त पदपुर्ति गर्न लागेको बेला श्रेष्ठले रोकिपाउँ भन्दै अदालत पुगेका हुन् ।
सक्रिय राजनीतिमा लागेपछि नेपाल उद्योग वाणिज्य महासङ्घको कारबाहीमा परेका तत्कालीन जिल्ला÷नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले २५ गते हुन लागेको चुनाव रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
महासङ्घमा लामो समयदेखि जिल्ला÷नगर उपाध्यक्ष पद रिक्त रहेकाले आगामी २५ गते चुनाव गरे उक्त पदपुर्ति गर्न लागेको बेला श्रेष्ठले रोकिपाउँ भन्दै अदालत पुगेका हुन् ।
महासङ्घको विधान विपरीत मेयर पदमा उठेपछि उनको पद गुमेको थियो । तर, उनले पटक–पटक अदालतको ढोका ढक्ढक्याउन पुगेपछि अदालतले महासङ्घकै पक्षमा फैसला गर्दै आएको छ । आगामी २५ गते महासङ्घको जिल्ला÷नगरको उपाध्यक्ष पदमा चुनाव हुँदै छ ।