बागलुङ नगरपालिका प्रमुख, एयरलाइन्स सञ्चालकहरु, पूर्व सांसद सम्मिलित बैठकले आगामी चैत ९ गतेबाट नियमित उडान भर्ने निश्कर्ष निकालेको हो । बैठकले फानुन मसान्तसम्म परीक्षण उडान गर्ने र एक हप्तापछि व्यावसायिक उडान भर्ने निर्णय भएको हो । स्रोतका अनुसार आइतबार र शुक्रबार बागलुङदेखि काठमाडौं सिधा उडान भर्ने छ ।
लामो समयदेखि बन्द रहेको बागलुङको बलेवा एयरपोर्ट आगामी चैत ९ गतेबाट सञ्चालनमा आउने भएको छ । पहिलो दिन तारा एयरले उडान भर्ने छ ।
बागलुङ नगरपालिका प्रमुख, एयरलाइन्स सञ्चालकहरु, पूर्व सांसद सम्मिलित बैठकले आगामी चैत ९ गतेबाट नियमित उडान भर्ने निश्कर्ष निकालेको हो । बैठकले फानुन मसान्तसम्म परीक्षण उडान गर्ने र एक हप्तापछि व्यावसायिक उडान भर्ने निर्णय भएको हो ।
स्रोतका अनुसार आइतबार र शुक्रबार बागलुङदेखि काठमाडौं सिधा उडान भर्ने छ । ताराले १२ सिटर जहाज उडान लागेकाले न्यूनतम १२ व्यक्ति उपलब्ध गराउने नगरपालिकाले जिम्मा लिएको छ ।
कहिलेकाँही ८ वा ९ जना व्यक्ति भएको खण्डमा बाँकी रहेको सिटको खर्च बागलुङ नगरपालिकाले खर्च व्योहोर्ने गरी उडानको व्यवस्था मिलाइएको बागलुङ नगरपालिकाप्रमुख जनकराज पौडेलले बताए । ‘न्यूनतम १२ सिट उडान भर्नेगरी उडान गर्ने सहमती गरेका छौं पौडेलले भने, ‘सिट बाँकी राखेरै जहाज उडाउनुपर्ने अवस्था आए नगरपालिकाले बाँकी रहेका सिटको पैसा उपलब्ध गराउने छ ।’
उनले नगरपालिकाले दुई एयरलायन्स कम्पनीसँग सम्झौताका आधारमा १०÷१० लाख रुपैयाँ धरौटी बापतको रकम कम्पनीको खातामा राखिदिएको बताए ।
बागलुङ काठमाडौं हवाई सेवाका लागि तत्काल भाडादर कायम गर्ने जिम्मा सरकारलाई दिएको पौडेलले बताए । उनले आन्तरिक उडान भएकाले पनि अन्य ठाउँको तुलनात्मक रुपमा अध्ययन गरी भाडादर निर्धारण हुने बताए । विगतमा पूर्वाधार निर्माण नहुँदा एयरपोर्ट सञ्चालन गर्न कठिनाई भएको र कालीगण्डकी करिडोर टयाक खुलेपछि एयरपोर्ट सञ्चालनमा सहजता भएको बागलुङका पूर्व सांसद प्रकाश शर्मा पौडेलले बताए ।
उनले त्रिदेशीय पारवाहनको लाइफलाइनको रुपमा कालीगण्डकी करिडोर ट्याकको निर्माणमा नेपाली सेनाले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताए । कालीगण्डकी करिडोर र एयर सञ्चालनले समग्र बागलुङको आर्थिक, सांस्कृति, भौतिक र पर्यटकीय क्षेत्रको विकासका लागि ढोका खुलेको पौडेलले बताए ।
नागरिक उड्डयन प्राधिकरणले विनियोजन गरेकाे डेढ करोड रुपैयाँ विमानस्थलको स्तरोन्नती र तारजालीमा खर्च भएको थियो ।
एक महिनापहिले हवाई सञ्चालक र इन्जिनियरहरुले विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका थिए । निरिक्षणका क्रममा विमानस्थल वरीपरी भएका ठूला ठूला सालका रुखहरु काट्न आग्रह गरेको थिए । वि.सं २०४८ सालदेखि बन्द रहेको उक्त विमानस्थल सञ्चालनका लागि पटक पटक पहल गरिएता पनि पूर्वाधार नबन्दा सञ्चालनमा आउन सकेको थिएन ।