शाश्वतधामले पूरा गर्यो एक वर्ष

देवचुली र बर्चुली पहाडको काखमा रहेको धाम प्राकृतिक सौन्दर्यले पनि थप आकर्षण देखिएको छ । धामभित्र नै वरपीपल, अशोकालगायतका बिरुवा लगाइएको छ । यहाँ १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व गर्ने गरी बिरुवासमेत रोपिएको छ ।

देशको कान्छो जिल्ला नवलपुर त्यो बेला नवलपरासी थियो । प्रदेश नम्बर ४ को तराई छुने यो जिल्लाको देवचुली दुम्कौलीको हाइवेमा जति तुफानमा गाडी कुदे पनि त्यहाँभित्र रहने यात्रु र चालकको एकपटक आँखा छेवैको खजुरावान शैलीको मन्दिरमा ठोक्किन्छ । एक वर्षअघि निर्माण भएर उद्घाटन भएको चौधरी गु्रपले निर्माण गरेको शाश्वस्तधाम देशको नयाँ पर्यटकिय र धार्मिक गन्तव्य भएको छ ।

बिहीबार पहिलो वार्षिकोत्सव मनाएको शाश्वतधाममा बिहीबारसम्म १२ लाख १२ हजार २ सयले अवलोकन गरेका छन् । उद्घाटनको अवसरमा अघिल्लो बर्ष राष्ट्रपती विद्यादेवि भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, धर्म गुरु श्रीश्री रविशंकरलगायत सर्वसाधारण पुगेको धाममा एकैपटक गत बैशाख १ गते ३० हजार पर्यटकले अवलोकन गरेका थिए ।

सिजी औद्योगिक पार्क (सिजीआईपी) लाई धार्मिक पार्क बनाउन मन्दिरमा कुँुदिएका कलात्मक बुट्टाहरुले पार्कलाई फ्युजन दिएको छ । उद्योग र धर्मको एउटै पर्खालभित्रको यो संरचनाले पर्यटकको ध्यान खिच्न थालेको हो । चौधरी गु्रपका कर्पाेरेट कम्युनिकेशन महाप्रबन्धक मधुसुदन पौडेलल शास्वतधामभित्र एक बर्षमा १२ लाख १२ हजारले अवलोकन गरेको बताए । रेकर्डमा भएको तथ्याँकमा १२ लाख भएपनि शाश्वतधामभित्र घुम्ने पर्यटक १३ लाख बढि पुगेका छन्, उनले भने । खुल्ला ठाउँ, हाइवेको नजिक र कलात्मक मन्दिरकै कारण पर्यटकहरुको आकर्षण बनेको उनले बताए ।

शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ । त्यसका लागि अहिले धामभित्र धमाधाम काम भैरहेको छ । आगामी वैशाख पूर्णिमाभित्र बुद्धिष्ट सेन्टरको उद्घाटन गर्ने गरी काम भएको सिजी औद्योगिक पार्क (सिजीआईपी) का सहायक प्रबन्धक रामचन्द्र धितालले बताए ।

देवचुली र बर्चुली पहाडको काखमा रहेको धाम प्राकृतिक सौन्दर्यले पनि थप आकर्षण देखिएको छ । धामभित्र नै वरपीपल, शोकालगायतका बिरुवा लगाइएको छ । यहाँ १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व गर्ने गरी बिरुवासमेत रोपिएको छ । सात बिघा क्षेत्रफलमा फैलिएको धामको मध्य भागमा खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक मन्दिर ‘एकम्बरेश्वर शिव मन्दिर’ हो । मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ । तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ ।

मन्दिरभित्रै धार्मिक म्युजियम पनि राखिएको छ । नेपालका परम्परागत सामानदेखि अधिकाँश मन्दिरको तस्विर, त्यसको जानकारी, हिन्दु धर्मको व्याख्यासहित बर्णन छ । केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका बारेमा जानकारी लिन सक्छन् । धामभित्र गुरुकुल पनि रहेको छ । जहाँ ३० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ७ बिघा क्षेत्रफलमा फैलिएको शाश्वतधामको अर्काे परियोजना पनि सुरु गर्ने चौधरी गु्रपले योजना बनाएको छ ।