फलाेअप : ६७ यात्रु बाेकेकाे युएस बंगला बिमान दुर्घटना, उद्धार जारी, ७ जनाकाे उद्धार

बंगलादेशबाट काठमाडौंका लागि उडेको यूएस बंगलाको जहाज काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दूर्घटना भएको छ ।
विमानस्थलको धावनमार्गमा चिप्लिँदा जहाज दूर्घटना भएको हो ।

जहाजबाट आगोको मुस्लो निस्किएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले क्यापिटल नेपाललाई जानकारी दिए । ६७ जना यात्रु बोकेर नेपाल आएको जहाज दुर्घटना भएको हो । घाइते यात्रुको उद्धार भइरहेको छ । विमान पुर्ण रूपमा क्षति भएकाे  क्षेत्रीले जानकारी  दिए ।  तर, मानविय क्षेतिकाे विवरण अाउन बाँकी छ ।

तस्विर : सराेज बस्नेत