६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना बोकेर आएको जहाज उत्तरबाट अवरण गर्न खोज्दा ठूलो दूर्घटनामा परेको विमानस्थल स्रोतले जानकारी दियो ।
विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज आएका थिए ।
६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना बोकेर आएको जहाज उत्तरबाट अवरण गर्न खोज्दा ठूलो दूर्घटनामा परेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री जानकारी दिए । उत्तरबाट आएको जहाज पेप्सीकाेलामाथि पाँच मिनेटसम्म घुमाएकाे थियाे ।
विमानस्थलमा महाप्रवन्धक क्षेत्रीका अनुसार पाइलटले टावरकाे निर्देशन नमान्दा जहाज ठूलाे दुर्घटनामा परेकाे बताए । टावरले दक्षिणबाट अाउन पटक–पटक अनुराेध गर्दा पनि पाइलटले अाइएम अाेके भन्दै उत्तरबाट जहाजलार्इ अवतरण गराउन खाेज्दा जहाज खाल्डाेमा पसेकाे थियाे । क्षेत्रीका अनुसार जहाजले बार समेत भाचेर खाल्डाेमा परेकाे हाे ।