सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै चौधरीले हाम्रा राजनीतिक एजेन्डाहरू व्यवस्थापन भएको र अब प्रदेश सरकारहरूले प्रान्तीय संरचना वा कानुनी पक्षहरूकाबारे अलमल नगरी विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।
उद्योगी विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवम् सामाजिक विकासका लागि मुलुकमा सङ्घीय संरचना कार्यान्वयन गरिएको बताउदै उनले प्रदेश सरकारहरूले यही सोचका साथ काम सुरु गर्न आग्रह गरे ।
‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ती राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक वृद्धिदर उच्च हुन पुग्यो’, चौधरीले भने, ‘हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नया“ उत्साह आउने विश्वास मैले लिएको छु ।’
सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै चौधरीले हाम्रा राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएको र अब प्रदेश सरकारहरूले प्रान्तीय संरचना वा कानुनी पक्षहरूकाबारे अलमल नगरी विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।
प्रदेश २ आर्थिक एवम् सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रूपान्तरण गर्न सकिने पर्याप्त आधार रहेकोमा उनले जोड दिए । ‘नेपालको आर्थिक राजधानीका रुपमा मानिने वीरगञ्ज यही छ । काठमाडौं–तराई फास्ट ट्र्याक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यही“छन्’, उनले भने, ‘व्यापार÷वाणिज्य, औद्योगिक क्षेत्र, कृषि र पर्यटनमार्फत प्रदेश २ लाई नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ । तर हिजोका दिनमा जस्तै व्यवस्थापकीय कमजोरीहरू भने अब दोहो¥याउनु ह“ुदैन ।’
रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरी जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने प्रचुर सम्भावना रहेको उनले बताए । तर विकासमाथि राजनीति गर्ने विगतका गल्तीहरूबाट भने पाठ सिक्न जरूरी छ ।
प्रदेश २ लाई व्यावसायिक कृषि उत्पादन गरी निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनुपर्नेमा पनि उनले जोड दिए । ‘प्रदेश २ को कृषि उपज प्रत्येक नेपालीको भान्सामा पु¥याउने नीतिका साथ काम गर्नु आवश्यक छ’, उनले भने, ‘यहा“को उर्वर भूमिबाट कृषि क्रान्तिको नया“ अध्याय सुरु गर्न सकिन्छ ।’