सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

अधिकांश माछा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा आयात गरिएको हो । आयातित माछा रहुँ, नैनी, भाकुरका साथै अन्य जातका छन् ।

भारतबाट चालू आर्थिक वर्षको साउनदेखि हालसम्म एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

अधिकांश माछा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा आयात गरिएको हो । आयातित माछा रहुँ, नैनी, भाकुरका साथै अन्य जातका छन् ।

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९ सय गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए ।

यसका साथै सो अवधिमा १० हजार ९ सय ६६ ओटा सँुगुर, एक हजार ३ सय २९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५ सय ३६ तथा गाईगोरु ६२ ओटा आयात गरिएको छ ।

भारतबाट आयातित माछा खानयोग्य छ कि छैन भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए । खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए । रासस