बिजनेसको युनिक आइडियामा चम्केका नेपाल भारतका १५ युवा व्यवसायीबीच यही चैत १० गते शनिबार ‘अन्तर्राष्ट्रिय इन्टरप्रेनरसिप कनब्लेभ – कनेक्ट–इन’कार्यक्रम हुँदैछ ।
बिजनेसको युनिक आइडियामा चम्केका नेपाल भारतका १५ युवा व्यवसायीबीच यही चैत १० गते शनिबार ‘अन्तर्राष्ट्रिय इन्टरप्रेनरसिप कनब्लेभ – कनेक्ट–इन’कार्यक्रम हुँदैछ । सो कार्यक्रम भारतीय राजदूतावासले क्लक बी बिजनेसको सहकार्यमा आयोजना गर्दैछ ।
यस कार्यक्रमले नेपाल तथा भारतको युवा उद्यमशीलतालाई एक आपसमा जोड्ने एउटा गतिलो मञ्च दिनेछ, साथै नेपाल र भारतका उद्यमीहरुले एक आपसमा आफ्ना नवीनतम उद्यमशील विचारहरु आदान प्रदान गर्ने यस किसिमको पहिलो थलो भएको बताइएको छ । यसबारेमा आज भारतीय दूतावास तथा क्लक बी बिजनेसद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।
कार्यक्रमा सहभागी हुने दुवै देशका सीईओ, लगानीकर्ता, निर्णायक मण्डल, तथा इकोस्टिमका साझेदारहरुका बारेमा जानकारी दिइएको थियो । जसमा नेपालबाट बिजनेस अक्सिजनका अध्यक्ष तथा सीईओ सिद्धान्तराज पाण्डे, किङ्ग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल, सुश्मित ग्रुपका सीईओ सुशील पोखरेल, एफ–वन–सफ्ट, फिनटेकका अध्यक्ष विश्वास ढकाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे, अधिवक्ता तथा अधिनव ल चेम्बरका पार्टनर सेमन्त दाहाल, टुटलका सहसंस्थापक तथा सीईओ सिक्षित भट्ट तथा जानकी टेक्नोलोजीका सीईओ अमित अग्रवाल सहभागी हुनेछन् ।
यसैगरी भारतबाट सहभागी हुनेहरुमा ओयो रुम्सका संस्थापक सीईओ रितेश अग्रवाल, टाटा क्यापिटल प्राइभेट इक्विटीका वरिष्ठ उपाध्यक्ष आशुतोष त्यागी, पेमेन्ट्स काउन्सिल अफ इन्डिया (पीसीआई)का अध्यक्ष नवीन सूर्या, वोमेन आइकन एसिया प्यासिफिक २०१७ बीईआरजी सिङ्गापुर, मिलिट्री भेटरान तथा स्टार्टअप पिपुल कन्सल्टिङ्की संस्थापक सुश्री वन्दना शर्मा, एफएबी बीएजीका सहसंस्थापक तथा प्रबन्ध निर्देशक कौशिक मुखर्जी, कोलकाता भेन्चरका प्रबन्ध निर्देशक एवेलो रोय तथा स्टार्टअप इन्डिया तथा कोवर्किनका सहसंस्थापक यतिन के ठाकुर छन् ।