चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी

चितवन उद्योग संघको आयोजनामा चितवनमा पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी चैत २३ गतेदेखि २७ गतेसम्म प्रदर्शनी चल्ने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन गर्न र भरतपुर प्रदर्शनीमा क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रियाले फाइदा लिँदै विक्री पछिको सेवाको ग्यारेण्टी वा सुविधाको बारेमा समेत छलफल गर्ने राम्रो अवसर हुने उनले बताए ।

दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन नारा सहित सुरु हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने हुँदा औद्योगिक प्रदर्शनी मार्फत स्थानिय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा समेत विकास गर्ने लक्ष्य लिएको बताए ।

प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको प्रवद्र्धनका लागि उद्योग प्रवद्र्धन, सूचना तथा प्रविधि, महिला उद्यमी, कृषि तथा पशुजन्य उत्पादन, पर्यटन, रोजगार प्रवद्र्धन, वित्तिय संस्था प्रवद्र्धन परिसर सम्वन्धी २५० भन्दा बढि स्टलहरु रहने उक्त प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

स्वदेशी उद्योगहरुको प्रवद्र्धन मार्फत औद्योगिकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य अनुरुप चितवन जिल्लाकै गहनाको रुपमा भरतपुर–१०, चितवनमा उद्योग मन्त्रालयको विशेष सहयोगमा नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको पहमा अन्तराष्ट्रिय स्तरकै अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माणको परियोजना शुरु गरी हाल यसको निर्माण कार्य तिव्र गतिमा अगाडी बढि रहेको र करीव ६० हजार वर्ग फिटमा यस वर्ष अन्तराष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो र राष्ट्रिय सूचना प्रविधि (आइटि) प्रदर्शनी समेत निर्माणाधिन प्रदर्शनी केन्द्रमा सम्पन्न भइसकेको अध्यक्ष दुवाडीले बताए ।

चितवन उद्योग संघले औद्योगिक प्रदर्शनी मार्फत स्थानिय उद्योग र उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले २०६८ साल देखि हरेक २÷२ वर्षमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । हाल औद्योगिक प्रदर्शनी आयोजना गर्नुको मूल उद्देश्यहरूमाः कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका सेवा जन्य उद्योग एंव उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, राष्ट्रिय उत्पादनको अधिकतम उपयोग गर्न प्रोत्साहन गरी आयत प्रतिस्थापन गर्ने, आर्थिक विकासको लागि औद्योगिकरण भन्ने भावना अभिवृद्धि गर्ने, नया प्रविधिवारे जानकारी गराउदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र चितवनलाई औद्योगिक राजधानीको रुपमा पहिचान दिने रहेको छ ।

प्रदर्शनीमा औद्योगिक मेशीनरी एवं यन्त्र उपकरण, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इक्प्युपमेन्ट्स, निर्माण सामाग्री तथा प्लाष्टिक जन्य उत्पादनहरु, मौरी, माछा तथा पोल्ट्री जन्य उत्पादनहरु, वैकल्पीक उर्जा सम्वन्धी उत्पादन÷वायो प्रोडक्ट, नँया तथा आधुनिक उत्पादन प्रविधि, काष्ठ एवं बेत बासका उत्पादनहरु, माटामा तथा धातुका सामानहरु खाद्य एवं पेय÷पदार्थ, फलाम, स्टील, आल्मुनिय फर्निचरहरु, हस्तकला, खेलौना, मनोरञ्जनका सामाग्रीहरु, कृषि तथा पशुजन्य औषधीहरु र कृषि जन्य विज÷विजनहरु, जडीवुटी एवं उपकरण छन् ।