यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन सुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन ओटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन सुरु गरेको छ ।
यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन सुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन ओटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक÷एक ओटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो ।
जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उनले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उनले जानकारी दिए ।