विभागले २०१६ डिसेम्बरमा रेल लाइन निर्माणका लागि आसयपत्र लिन ग्लोबल टेन्डर जारी गरेको थियो । त्यसमा एक दर्जन कम्पनीले रेल लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न इच्छुक रहेको प्रस्ताव विभागमा पेस गरेका थिए । रेल विभागले काठमाडौंदेखि वीरगन्जसम्मको इलेक्ट्रिक रेल लाइन निर्माणको कामलाई तीव्रता दिएको छ ।
काठमाडौं–वीरगन्ज रेल लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विदेशी प्रस्तावक कम्पनीमाथि अध्ययन सुरु भएको छ । ६ ओटा कम्पनीले बुझाएको आर्थिक एवम् प्राविधिक प्रस्तावमाथि अध्ययन तथा मूल्याङ्कन सुरु भएको हो ।
काठमाडौंदेखि सबैभन्दा नजिकको नाका वीरगन्जसम्म इलेक्ट्रिक रेल लाइन निर्माण गर्न सरकारले एउटा विदेशी कम्पनी छनोट गर्न लागेको हो । सरकारले यसअघि नै सम्भाव्यता अध्ययन गर्न ६ ओटा विदेशी कम्पनीलाई सर्टलिस्ट गरिसकेको छ । ती कम्पनीले बुझाएको आर्थिक प्रस्ताव, प्राप्त गरेको अङ्कभार, प्राविधिक प्रस्ताव आदिको मूल्याङ्कन सुरु भएको र एक हप्तापछि एउटा कम्पनी छनोट गरिने रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । ‘बिहीबार सर्टलिस्टमा परेका कम्पनीको आर्थिक र प्राविधिक प्रस्ताव मूल्याङ्कन तथा अध्ययन सुरु गरेका छौं,’ उनले भने, ‘एक सातामा एउटा कम्पनी छनोट गर्छांै ।’
विभागले २०१६ डिसेम्बरमा रेल लाइन निर्माणका लागि आसयपत्र लिन ग्लोबल टेन्डर जारी गरेको थियो । त्यसमा एक दर्जन कम्पनीले रेल लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न इच्छुक रहेको प्रस्ताव विभागमा पेस गरेका थिए । रेल विभागले काठमाडौंदेखि वीरगन्जसम्मको इलेक्ट्रिक रेल लाइन निर्माणको कामलाई तीव्रता दिएको छ ।
२०७३ सालमै सम्भाव्यता अध्ययनको काम ढिला भएको भन्दै तत्कालीन संसद्को विकास समितिले सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्न निर्देशन दिएको थियो ।