फ्रस्ट एण्ड सलीभनले आफ्नो ‘फ्लागसीप’ सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एसियाली सम्मेलन २०१८ काठमाडौंस्थित सोल्टी होटलमा भर्खरै सम्पन्न गरेको छ ।
उक्त सम्मेलन “डिजिटल रूपान्तरणः व्यावसायिक तथा सामाजिक प्रभाव” शीर्षकको सेरेफेरोमा रहेर सम्बन्धित उद्योगका विज्ञ, फ्रस्ट एण्ड सलीभनका विषय विज्ञ, र उदाहरणीय काम गरेका प्यानलिष्टहरुबाट उत्प्रेरक मन्तव्य तथा सत्रहरु सञ्चालन भएका थिए । २५ भन्दा बढी सम्बन्धित उद्योगका व्यक्तित्वहरुले शीर्षकमा आधारित भएर आफ्नो धारणा राखेका थिए भने डिजिटल दक्षिण एसियाको परिकल्पना गर्न १५० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
फ्रस्ट एण्ड सलीभनका प्रबन्ध निर्देशक मङ्गेसलाल श्रेष्ठले दीप प्रज्वलन र स्वागत मन्तव्य गरेसँगै सम्मलेलन सुरु भएको थियो । श्रेष्ठले सम्मलेनको यहाँसम्मको यात्रा र विश्वव्यापी अर्थतन्त्रमा अघि बढ्न सबै सुत्रधारहरुका लागि आजको समयमा नवीनतम रणनीतिहरु किन जरुरी छ भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए । “प्रतिस्पर्धात्मक व्यापारिक वातावरणमा व्यक्ति तथा कम्पनी दुवैका हैसियतले अघि बढ्नका लागि आजको समयमा नवीनता नयाँ मार्गनिर्देशन भएर आएको छ । डिजिटल रुपान्तरण एक उपयुक्त साधन हुनसक्छ जसले विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा नयाँ अवसरको सिर्जना तथा सशक्तिकरण गर्दैै दक्षिण एशियामा विकासको गतिलाई बढावा दिन सक्छ”, श्रेष्ठले भने ।
सम्मेलनको पहिलो मन्तव्य तथा प्रस्तुति आर्थिक रूपान्तरण तथा समायोजन – दक्षिण एसियाको वृद्धि तथा लगानीको अवसरहरूमा केन्द्रित रहेको थियो । फ्रस्ट एण्ड सलीभनका अनुसार, सन २०२५ सम्म दक्षिण एशियाली क्षेत्रको समग्र अर्थिक बृद्धी दर ८.३५ कायम रहने छ भने अर्थिक क्षेत्रमा सार्क राष्ट्रहरुले गर्ने योगदान सन २०२५ सम्ममा ५.३५ पुग्ने छ । गत बर्ष उक्त योगदान ३.६५ रहेको थियो ।
वरिष्ठ विज्ञ तथा सम्बन्धित उद्योगका विज्ञहरुले यस क्षेत्रमा रहेको संभावना जस्तैः उर्जा, कृषि तथा पर्यटनका बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रमले सार्क क्षेत्रमा पछिल्लो समय भएका राजनीतिक परिवर्तन र त्यसले यस क्षेत्रको अर्थिक वृतमा पारको सकारात्मक बृद्धिका बारेमा प्रकाश पारेको थियो ।
सम्मेलनमा सार्क–चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष सुरज वैद्य, सार्क–चैम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका भूतपूर्व अध्यक्ष डाशो उगेन सेछुप दोर्जी, माल्डिभ्सका लागि माननीय वाणिज्यदूत तथा सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गैर–आवासीय नेपाल महासंघको अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो र सार्क–चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका कार्यकारी सदस्य तथा उद्योग वाणिज्य महासंघ पाकिस्तानका भूतपूर्व अध्यक्ष जुबैर अहमद मलिक लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
दक्षिण एशियाको परिकल्पनाः डिजिटल अर्थतन्त्र शीर्षक दिएको अन्तक्रियात्मक छलफलमा उपस्थित वरिष्ठ विषय विज्ञहरुले ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, भर्चुवल रियालिटी, दूरसञ्चार सेवा क्षेत्र, इ–कमर्श लगायत अन्य प्रमुख परिवर्तनकारी तत्वहरुका बारेमा छलफल गरेका थिए जस्ले दक्षिण एशियामा प्रभाव पार्न सक्छ । उक्त सत्रमा फ्रस्ट एण्ड सलीभनका विश्वव्यापी अध्यक्ष तथा प्रबन्ध साझेदार, अरूप जुट्सीले भने, “समग्र विश्व यतिबेला डिजिटल क्रान्तिको अनुभव गरिरहेको छ जस कारण व्यापार तथा समाजमा गुणात्मक रुपान्तरण देखा परेको छ । तथापी दक्षिण एशियाका केही देशहरुले डिजिटल विकासका क्रममा अवरोध अनुभव गरे पनि आगामी बर्ष सार्क क्षेत्रले उदीयमान बजारका लागि उच्च संभावना प्रदर्शन गरेको छ ।”