सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणमा तीव्रता

वि.सं २०६७ सालमा निर्माणको अनुमति पाएको आयोजनाले आगामी २०७५ चैतमसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आरजे एण्ड सुर्य कम्पनीले निर्माण गरिरहेको उक्त जलविद्युत आयोजना निर्माणका वित्तिय व्यवस्थापन गर्न शेयर निष्कासन गर्ने योजना रहेको सापकोटाले बताए ।

निर्माणाधीन सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको छ । दोलखामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको उक्त आयोजनाले ६५ प्रतिशत प्रगति गरेको हो ।

सिभिल वर्कको काम भइरहेको र टनेल निर्माणको काम झन्डै अन्तिम चरणमा पुगेको आयोजनाका प्रवन्धक मनोहरी सापकोटाले जानकारी दिए । वि.सं २०६७ सालमा निर्माणको अनुमति पाएको आयोजनाले आगामी २०७५ चैतमसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
आरजे एण्ड सुर्य कम्पनीले निर्माण गरिरहेको उक्त जलविद्युत आयोजना निर्माणका वित्तिय व्यवस्थापन गर्न शेयर निष्कासन गर्ने योजना रहेको सापकोटाले बताए । ‘आयोजनाको विभिन्न कन्ट्रक्सनबाट भइरहेको छ ।’ उनले भने, ‘वित्तिय व्यवस्थापनका लागि शेयर निष्कासन गर्ने प्रकृया पनि अगाडी बढाउने सोचमा छौँ ।’ उनले सुरुमा विद्युत खरिद सम्झौता (पीपीए) १६ मेगावाटमा गरेको र आयोजनाको थप अध्ययनपछि २५ मेगावाट पीपीए सम्झौता भएको उल्लेख गरे ।

आयोजनाको बाँध, सुरुङमार्ग निर्माणको काम पनि तीव्र रुपमा अगाडी बढेको छ । सिभिल वर्क र हाइड्रो मेकानिकल क्रिमको ठेक्का क्रमशः रामेछाप शेर्पा कन्ट्रकसन प्रालि र क्रिम हाइडल प्रालि बुटवलले पाएर काम गरिरहेका छन । त्यस्तै बाटो निर्माणमा आरजे कन्ट्रकसन, इलेक्ट्रो मेकानिकलको क्विकाइन एलोन्स कम्पनीले ठेक्का पाएर काम गरिरहेको आयोजनाले जनाएको छ ।

सिङ्गटी जलविद्युत आयोजनाबाट उत्पादन विद्युत राष्ट्रिय प्रणालीमा जोडिने छ । आयोजनाबाट उत्पादन हुने विद्युत सिङ्गटी सव—स्टेसनमा जडान गरिने भएपनि सव—स्टेशन नबन्दा विद्युत खेर जाने देखिन्छ । ठेकेदार भागेपछि ७ बर्षदेखि अलपत्र सव—स्टेशन निर्माण हुने सम्भावना टर्दै गएको छ । सवस्टेश नबन्दा सिङ्गटी—लामो साँघु प्रशारण लाइनको काम समेत हुन सकेको छैन ।