देश आर्थिक विकासको चरणमा प्रवेश गरिसकेको छ । राजनीतिक दलले पनि आर्थिक एजेन्डालाई प्रमुखताका साथ अघि सारेका छन् । त्यसैगरी, सात ओटै प्रदेशका मुख्यमन्त्रीले पनि आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउने बताउँदै आएका छन् । प्रदेश–प्रदेशबीच देखिएको प्रतिस्पर्धाले पनि देश आर्थिक रुपमा अघि बढ्ने सम्भावना देखिएको छ । कतिपय प्रदेशमा उद्योगहरुको अवस्था पहिलादेखि नै राम्रो छ । औद्योगिक व्यापारमा अग्रणी विराटनगर, सुनसरी मोरङ औद्योगिक करिडोरको विकासका लागि निजीक्षेत्रलाई थप सुविधा दिइनेछ र लगानीका लागि अझ आकर्षित गरिनेछ ।
विविधताले विकासको सपना पूरा गर्छ
शेरधन राई
मुख्यमन्त्री, प्रदेश १
प्रदेश १ को विकासका लागि हामी स्पष्ट योजना र धारणाका साथ अगाडि बढ्दै छौं । अहिले सबैले विकास र समृद्धि चाहिरहेको अवस्था छ । संविधान निर्माण भएर त्यसैको जगमा प्रदेश सरकार बनिसकेको छ । मुख्य कुरो जनताको चाहनाअनुसार विकास हुनु आवश्यक छ ।
हिमालका तीन जिल्ला, पहाडका आठ जिल्ला र तराईका तीन जिल्ला यो प्रदेशअन्तर्गत पर्छ । त्यसैले यो प्रदेश कृषि, जलस्रोत, पर्यटन र उद्योग–व्यापारका लागि अब्बल छ । यहाँ यी कुराका सम्भावना छन् भन्ने कुरा धेरै अगाडि थाहा भएकै हो ।
अब यसको विकासका लागि हामीले योजना बनाएर काम गर्दै छौं । अरु प्रदेशभन्दा छिटो विकास र समृद्धिमा जाने गरेर नमुना प्रदेश बनाउनुलाई नै प्राथमिकतामा राखेका छौँ । सबैभन्दा अग्लो सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म प्रदेश १ मा रहेको छ । यहाँ धार्मिक स्थल, पर्यटकीय क्षेत्र पनि धेरै छन् । त्यसैले यी क्षेत्रलाई व्यापक प्रचारप्रसार गरेर आन्तरिक र बाह्य पर्यटक भिœयाउनका लागि हामी काम गर्छाैं ।
झापा र मोरङ कृषिका लागि अब्बल जिल्ला हुन् । आधुनिक कृषि प्रणाली अपनाउन सक्दा पूरै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने सम्भावना छ । त्यसैले हामीले त्यतातिर पनि योजना बनाएका छौं । यो प्रदेशमा उद्योगहरुको अवस्था पहिलादेखि नै राम्रो छ । औद्योगिक व्यापारमा अग्रणी विराटनगर, सुनसरी मोरङ औद्योगिक करिडोरको विकासका लागि निजीक्षेत्रलाई थप सुविधा दिइनेछ र लगानीका लागि अझ आकर्षित गरिनेछ । यो प्रदेशलाई अरु प्रदेशसँग तुलना गर्दा पनि सम्भावना अधिक छ । औद्योगिकीकरणदेखि लिएर धार्मिक पर्यटनसम्मका कार्यक्रम बनाउन लागेकाले अरु प्रदेशभन्दा यो समृद्ध हुनेछ कुरामा हामी विश्वस्त छौं । आईटी (सूचना तथा सञ्चार)को विकास, भारत र चीनसँग जोड्ने बाटोको विस्तारका लागि पनि योजना बन्दै छ । अब केही दिनमै हामीले विकास गर्ने ठूला आयोजनाका बारेमा तथ्य सार्वजनिक गर्दै छौं ।
यहाँको सम्भावना भनेको उद्योग र कृषि हो । उद्योग व्यापार र कृषिजन्य उद्योगहरुलाई बढावा दिएर सबै चुनौतीको सामना गर्न सकिन्छ । हामीसँग भएको सबल पक्षलाई टेकेर हामीले प्रदेशको विकास गर्ने हो ।
उद्योग र कृषिलाई प्राथमिकता
लालबाबु राउत
मुख्यमन्त्री, प्रदेश २
प्रदेश २ को विकासका लागि सबै एकजुट हुुनु आवश्यक छ । सबै पार्टी मिलेर यो क्षेत्रको विकासका लागि योजना बनाएर जानुको विकल्प छैन । सबै पार्टी र दल एकै ठाउँमा उभिएर विकास र समृद्धिका लागि जुट्नुपर्छ । हामी अहिले त्यो वातावरण बनाएर जाँदै छौँ । यो क्षेत्र राजनीतिमा पनि अब्बल नै छ । परिवर्तनका लागि लड्ने आन्दोलनकारी प्रदेश २ मा बढी छन् ।
अहिले मुलुकले अङ्गीकार गरेको सङ्घीयता आउनुमा यो क्षेत्रका बासिन्दाको ठूलो योगदान छ । त्यही सङ्घीयताको आडमा हामी प्रदेश सरकारमा छौं । त्यसैले प्रदेशको विकासका लागि पर्याप्त योजना बनाउनेमा अहिले म लागिरहेको छु । प्रदेशले गर्नुपर्ने काममा केन्द्र सरकारले हस्तक्षेप गर्नु भएन । त्यसका लागि पनि मैले केन्द्र सरकारमा खबर पठाइसकेको छु । हामी प्रदेशलाई छिटो विकास गर्न चाहन्छौं । राजनीतिक अड्चन केन्द्रबाट हुनुहुँदैन भन्ने हाम्रो चाहना छ ।
यो प्रदेशमा थुप्रै चुनौती पनि नभएका होइनन् । यो क्षेत्र प्राकृतिक स्रोतसाधनविहीन छ । अरु ६ प्रदेशभन्दा २ नम्बर प्रदेश यस सन्दर्भमा पछाडि छ । मानव विकास सूचकाङ्कमा पनि पछाडि नै देखिन्छ । शिक्षा, स्वास्थ्यमा पनि समस्या छ । बेरोजगारीको समस्या पनि उस्तै छ । यी सबै चुनौतीका बाबजुद प्रदेशलाई समृद्ध बनाउनुपर्ने बाध्यतामा हामी छाँै । त्यसैले बृहत् योजना आवश्यक छ, यो बनाउनुपर्ने हाम्रो मूल जिम्मेवारी हो ।
यहाँको सम्भावना भनेको उद्योग र कृषि हो । उद्योग व्यापार र कृषिजन्य उद्योगहरुलाई बढावा दिएर सबै चुनौतीको सामना गर्न सकिन्छ । हामीसँग भएको सबल पक्षलाई टेकेर हामीले प्रदेशको विकास गर्ने हो । हामीसँग केहि पर्यटकिय गन्तव्य छन्, त्यसको व्यापक प्रचार प्रसार गरेर पर्यटक भित्राउन सकिन्छ । यो प्रदेशमा लगानी भिœयाउन निजीक्षेत्रसँग सहकार्य हुन्छ । निजीक्षेत्रसँग बसेर उद्योग र व्यापार गर्दा चाहिने सुविधा के दिन सकिन्छ हामी त्यो दिएर लगानी आकर्षित गर्छाैं । बन्द रहेका उद्योगहरु सञ्चालन गर्नका लागि गृहकार्य तत्काल सुरु गर्छाैं ।
प्रदेश ३ अरु प्रदेशभन्दा सम्भावना धेरै भएको क्षेत्र हो । स्रोतसाधन पनि धेरै छ । दोलखा, रामेछाप, रसुवा, नुवाकोट क्षेत्रमा भएको जलविद्युत्को सम्भावनाले यहाँको विकासले गति लिन समय लाग्दैन ।
फरकफरक सम्भावनाको क्षेत्र
डोरमणि पौडेल
मुख्यमन्त्री, प्रदेश ३
ठूलो राजनीतिक परिवर्तनपछि आएको सङ्घीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । हाम्रासामु अब ठूला राजनीतिक अजेन्डा पनि छैनन्, त्यसैले सबै प्रदेश र केन्द्रको साझा अजेन्डा आर्थिक विकास नै हुन पुगेको छ । हामी पनि प्रमुख अजेन्डा आर्थिक विकास नै बनाएर अगाडि बढिसकेका छौं ।
प्रदेश ३ का १३ जिल्लाका फरकफरक सम्भावना र विशेषता छन् । हामी त्यही सम्भावना र विशेषतालाई टेकेर प्रदेशको विकास गर्छाैं । तीव्र आर्थिक विकासमा यो प्रदेशलाई पहिलो बनाउने ढङ्गमा काम थालिसकेका छौं ।
प्रदेश ३ अरु प्रदेशभन्दा सम्भावना धेरै भएको क्षेत्र हो । स्रोतसाधन पनि धेरै छ । दोलखा, रामेछाप, रसुवा, नुवाकोट क्षेत्रमा भएको जलविद्युत्को सम्भावनाले यहाँको विकासले गति लिन समय लाग्दैन । यो प्रदेशमा केन्द्रीय राजधानीदेखि लिएर उपत्यकाको भक्तपुर र ललितपुर पनि रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुमा भएका आकर्षक क्षेत्रहरु विदेशी पर्यटकका लागि मुख्य कुरा हुन् । पर्यटकलाई सुविधा दिन र आकर्षण गर्न हामी अरु योजना ल्याउँछौं । उपत्यकाको विकासका लागि केन्द्रिय सरकार र स्थानिय मेयरहरुसँगको हातेमालो हुने नै भयो ।
अहिले प्रदेश राजधानी भएको क्षेत्र पनि औद्योगिक क्षेत्र हो । यो पायक पर्ने ठाउँ पनि हो । राजधानी सार्ने कि नसार्ने भन्ने विषयमा बहस भइरहेको छ । हेटाँैडा नै उपयुक्त हो भन्ने सन्देश दिन पनि जरुरी छ । काठमाडौंबाट हेटौँडा ७० किलोमिटर दूरीमा छ । बाटो पनि विस्तार हुँदै छ । राष्ट्रियस्तरका पाँच सडक हेटौँडासँग जोडिँदै छन् । केन्द्रीय राजधानीको भीड कम गर्न पनि हेटौँडा उपयुक्त हो । उद्योग स्थापना, तराईसँगको सामीप्यले पनि यो क्षेत्र उपयुक्त नै हुन्छ ।
यस प्रदेशमा धेरै उद्योग सञ्चालनमा छन् । कृषि उत्पादनका लागि पनि उर्वर मानिन्छ । तराई, हिमाल र पहाड जोड्नका लागि यो प्रदेश लाइफलाइन बन्न सक्छ । लगानीकर्तालाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गर्दै छौं । अहिले प्रदेशबीच एक प्रकारको प्रतिस्पर्धा देखिन थालेको छ । विकासका लागि देखिन थालेको यो प्रतिस्पर्धा राम्रो हो । समग्र विकासका लागि विज्ञसहितको एउटा समूह पनि बन्दै छ । त्यही समूहले अध्ययन गरेर दिएको सुझावका आधारमा १३ जिल्लालाई विकास गर्दै लैजाने हो । एक वर्षभित्र अनुभूति हुने गरेर काम गर्छाैं । कतिपय औद्योगिक नीति गलत छन् । त्यसमा परिवर्तन गरेर लगानीमैत्री बनाउँछौं ।
पर्यटन नै पर्याप्त छ
पृथ्वीसुब्बा गुरुङ
मुख्यमन्त्री, प्रदेश ४
प्रदेश ४ आफैंमा सुन्दरताले भरिएको क्षेत्र हो । यो क्षेत्रमा भएका सम्भावना भनेको पर्यटन, कृषि र जलविद्युत् नै हो । त्यसैले यी तीन कुरालाई मुख्य रुपमा विकास गरेर प्रदेशलाई समृद्ध बनाउने लक्ष्य छ । प्रदेश सरकारको विस्तार र संरचना भर्खर पूरा भएकाले अब नीति तथा कार्यक्रम ल्याउने योजनामा हामी छौं । बजेटको पनि तयारी भइरहेको छ । चैतको पहिलो साताभित्र चार महिनाका लागि पेस्की बजेट पनि आइपुग्छ । राष्ट्रिय गौरवका आयोजनाजस्तै प्रादेशिक गौरवका आयोजना पहिचान गरेर त्यसलाई तीव्र गतिमा अगाडि बढाउने योजना छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि पर्यटनले अझ गति लिनेछ । बृहत् पोखराको अवधारणाअनुसार अगाडि बढेर पोखरा आसपासका क्षेत्र र जिल्लालाई थप विकास गरिने योजना बनाइरहेका छौं । यसअघि नै ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गाैला उपचार केन्द्र स्थापना गर्ने, सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, उज्यालो प्रदेश कार्यक्रम चलाएर दुई वर्षभित्र प्रत्येक गाउँबस्तीमा बिजुली पु¥याउने घोषणा गरेका छौं । विद्युत्मा कुल उत्पादनको ५२ प्रतिशत हिस्सा प्रदेश ४ सँग छ । यहाँ करिब ९ हजार मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने अवस्था छ ।
यो प्रदेश चीनको कोरला नाकादेखि भारतको सीमाना सुस्तापूर्वसम्म फैलिएको छ । त्यसैले यो प्रदेश देशकै मेरुदण्ड हो । हिमाल, ताल, नदी, गुफा, पदमार्गलगायतका प्राकृतिक सम्पदाले पर्यटनमार्फत विकास गर्न सकिन्छ भन्ने आधार हामीसँग छ । अर्काेतर्फ जलविद्युत् र कृषिका लागि सिँचाइ पनि पर्याप्त हुने भएकाले हामी विकासमा चाँडै फड्को मार्ने कुरामा निश्चिन्त छौं ।
जडिबुटी खेतीलाई बढावा दिने योजना छ । कृषिमा आधुनिकरण हुनैपर्छ । यसमा पनि फोकस छ । यो प्रदेश खनिज पदार्थको भएको क्षेत्र हो । युरेनियमलगायतका खनिज हामीकहाँ छ । यसको व्यवस्थित उत्खनन र बजारीकरणमा हामी जान्छौं । यसैमा टेकेर विकास गर्ने हो ।
निजीक्षेत्रलाई प्रदेश ४ मा आकर्षण गर्न र लगानी भिœयाउन सहकार्य गर्छाैं । लगानीमैत्री वातावरण र निजीक्षेत्रलाई आवश्यक सुविधाका लागि लचक हुने हाम्रो योजना छ । अहिले प्रदेश ४ औद्योगिक क्षेत्रका रुपमा अलि पछाडि देखिए पनि नवलपुरमा औद्योगिक क्षेत्र स्थापना गरेर औद्योगिक विकासमा पनि लागिपर्ने विषयमा छलफल भइसकेको छ ।
मुख्य आधार प्राकृतिक स्रोत
महेन्द्रबहादुर शाही
मुख्यमन्त्री, कर्णाली प्रदेश (प्रदेश ६)
कर्णाली प्रदेश केन्द्रीय सरकार हुँदा पछाडि थियो अब प्रदेश सरकार आएपछि यसलाई नमुना बनाउने लक्ष्य लिएका छौँ । विकास निर्माण र समृद्धि हामी सबैको साझा मुद्दा भए पनि तत्काल हामी सडक सुरक्षादेखि लिएर सामाजिक सुरक्षामा जोड दिँदै छौं । कुनै पनि सुरक्षा भएन भने लगानीकर्ता आकर्षित हुँदैनन् । सुरक्षा र वातावारण भयो भने प्रदेशभित्र पुँजी भित्रिने हो । हामी सुरक्षालाई प्राथमिकतामा राख्दै लगानी भिœयाउने योजनामा छौं ।
यो प्रदेशका विभिन्न जिल्लामा कृषिका अग्र्यानिक उत्पादन हुन्छ । हामी अग्र्यानिक उत्पादनलाई बढावा दिएर बाहिरबाट आउने तरकारी, फलफूललाई रोक्न चाहन्छौं । कृषिमा पूर्ण रुपमा आत्मनिर्भर भएर अग्र्यानिक उत्पादन अन्य प्रदेशमा पठाउने योजना बनिरहेको छ । हामीसँग जे चिजको सम्भावना छ, पहिला त्यही सम्भावनामा टेकेर आम्दानीको स्रोत बढाउने हो । कृषि पेसामा किसानलाई आत्मनिर्भर बनाउने हो भने प्रदेश मात्र होइन, यसले पूरै देशलाई प्रभाव पार्छ । हाम्रा जुम्ला, हुम्ला, मुगु र डोल्पामा उत्पादन हुने आलुलाई अन्तर्राष्ट्रिय बजारीकरण पनि गर्न सकिन्छ । आलुका लागि यी पकेट क्षेत्र हुन् ।
हाम्रो भूगोल धेरै र जनसङ्ख्या थोरै छ, त्यसैले खाली जग्गामा विशेष ढङ्गमा कृषि उत्पादन गरेर निर्यात गर्ने क्षमता हामी राख्छौं । हाम्रो क्षेत्र धेरै ठूलाठूला उद्योगहरुको प्रवेश नहोला । तर घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गरेर व्यावसायिक उत्पादनमा जोड दिने योजना छ । त्यसका लागि घरेलु तथा साना उद्योगलाई पूर्ण रुपमा करछुट गरिनेछ । हरेक गाउँपालिका र नगरपालिकामा एक सहकारी एक व्यवसायको अभियान सुरु हुनेछ । हाम्रो स्रोतले भ्याएसम्म हामी व्यवसाय सञ्चालनका लागि सफ्ट लोन दिने योजना पनि बनाउँदै छौं । हामीसँग भएको रारालाई अन्तर्राष्ट्रिय प्रचारप्रसारमा जोड दिई रारा कर्णाली पर्यटन वर्ष पनि मनाउने योजना छ । मानसरोवर, छायाँनाथ, कैलाश पर्वत, शे फोक्सुन्डो ताल, सुर्खेतको काँक्रेविहार, कालिकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्रको प्रचारप्रसार गरेर अधिक पर्यटक भिœयाउनेछौं ।
जडिबुटी र जलविद्युत्बाट समृद्ध हुन्छौँ
त्रिलोचन भट्ट
मुख्यमन्त्री, प्रदेश ७
हाम्रो प्रदेशलाई समुन्नत गराउन यहाँका प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्ने हो । हामीसँग भएको सम्भाव्यताको अध्ययन गरी त्यसको सूचीका आधारमा विकासको काम हुन्छ ।
यस प्रदेशमा पर्ने राष्ट्रिय गौरवका आयोजनालाई चाँडै सम्पन्न गरेर त्यसबाट लाभ कसरी लिन सकिन्छ भन्ने अहिले सोचिरहेका छौं । राष्ट्रिय गौरवका आयोजना समयमै सक्न केन्द्र सरकारलाई अनुरोध पनि गरिसकेका छौं । महाकाली करिडोर, सेती लोकमार्ग तथा खुटिया–दिपायल फास्ट ट्र्याकलाई गुणस्तरीय रुपमा छिटो सक्न केन्द्र सरकारलाई अनुरोध गरिएको छ ।
कृषिका लागि माटो परीक्षण र त्यसका आधारमा आधुनिकीकरण, पर्यटनलाई आक्रामक प्रचारका लागि रुपरेखा बनाउँदै छौं । आर्थिक निर्भरताका लागि हामीले गर्नुपर्ने काममा हामी स्पष्ट भएका छौं । हामीसँग दुईतिहाई जलविद्युत्को सम्भावना छ । यसमा हामी कसरी दीर्घकालसम्म काम गर्न सक्छौं र स्वदेशी तथा विदेशी लगानी कसरी भिœयाउन सक्छौं भन्नेमा लागिरहेका छौं । जडिबुटी हामीसँग भएको अर्काे प्राकृतिक स्रोत हो । यसको सङ्कलन र प्रशोधनबाट अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्न सक्छौं । त्यसका लागि अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई नै आह्वान गर्छाैं ।
निजीक्षेत्रलाई आकर्षित गर्न र लगानी भिœयाउन कर छुट, अधिक सुविधा दिने विषयमा पनि छलफल सुरु भइसकेको छ । हामी आफैं निजीक्षेत्रलाई योजना प्रस्ताव गरेर सुविधा पनि दिन्छौं । तत्काल हामीसँग लगानी गर्न र काम थालिहाल्न स्रोत छैन । पहिला स्रोतको व्यवस्थापन गरेपछि अझ दीर्घकालीन योजना बन्छ । हामीसँग तीनओटा भन्सार नाका छन् । राजस्व बढाउन के गर्नुपर्छ भन्ने पनि छलफल चलिरहेको छ । अहिलेकै अवस्था हेर्न हो भने ५१ अर्ब प्रदेशको बजेट आवश्यकता छ । तर करिब नौ अर्ब रुपैयाँ यो प्रदेशबाट राजस्व उठ्छ । ३६ अर्ब कर्मचारीको तलबमा जाने अवस्था छ । त्यसैले अहिले केन्द्रीय सरकारसँग समन्वय गरेर नै काम गर्नुपर्छ । करको दायरा बढाउन निजीक्षेत्रसँग सल्लाह गर्नुपर्छ ।