बैङ्क तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो

माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । उता राष्ट्र बैङ्कमा भने विनिमय सञ्चिति एक प्रतिशतले वृद्धि भएको छ । यस वर्षको असार मसान्तको नौ खर्ब २७ अर्ब २७ करोड रुपैयाँको तुलनामा माघ मसान्तमा नौ खर्ब ३६ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।

चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैङ्कबाहेकका बैङ्क तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले कमी आएको छ ।

यस वर्षको असार मसान्तमा एक खर्ब ५२ अर्ब १७ करोड रुपैयाँ रहेकामा माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई एक खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको हो । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । उता राष्ट्र बैङ्कमा भने विनिमय सञ्चिति एक प्रतिशतले वृद्धि भएको छ । यस वर्षको असार मसान्तको नौ खर्ब २७ अर्ब २७ करोड रुपैयाँको तुलनामा माघ मसान्तमा नौ खर्ब ३६ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।

यस वर्षको असार मसान्तको १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा २.८ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । चालू आवको सात महिनामा चालू खाता घाटा चुलिएर एक खर्ब ४१ अर्ब छ करोड रुपैयाँ पुगेको छ । आयात तथा विदेशी लगानीको लाभांश भुक्तानी उच्च भएकाले चालू खातामा चाप परेको राष्ट्र बैङ्कले जनाएको छ ।

अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोड रुपैयाँले घाटामा थियो । त्यसैगरी अघिल्लो वर्षको सात महिनामा ३६ अर्ब ९५ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर यस अवधिमा १८ अर्ब २८ करोड रुपैयाँले घाटामा छ । यस अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर नौ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब ६० करोड रुपैयाँ थियो ।

यस सात महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट २६ अर्ब ४७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको बजेट १७ अर्ब ९५ करोड रुपैयाँले बचत रहेको थियो । सरकारी खर्च यस अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च चार खर्ब २८ अर्ब ८८ करोड रुपैयाँ पुगेको राष्ट्र बैङ्कले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च तीन खर्ब १३ अर्ब ३० करोड रुपैयाँ थियो ।

यस अवधिमा चालू खर्च तीन खर्ब ४९ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च दुई खर्ब ३७ अर्ब ५४ करोड रुपैयाँ थियो । त्यसैगरी यस अवधिमा पुँजीगत खर्च २८ प्रतिशतले बढेर ६० अर्ब आठ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ४६ अर्ब ९४ करोड रुपैयाँ थियो । सरकारी राजस्व यस अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १९.५ प्रतिशतले वृद्धि भई ८१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ६५ प्रतिशतले वृद्धि भई तीन खर्ब १९ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । सरकारको राजस्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग संवेदनशील रहँदै आएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ । रासस