अर्थमन्त्री डा युवराज खतिवडा आएपछि भन्सारमा सन्दर्भ मूल्यसूचीपछि व्यापारीहरुले अटेर गरेको कुरा बाहिर आइरहेका बेला प्रधानमन्त्री ओलीले आईतबार सङ्घीय सरकारका मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा सम्बोधन गर्दै कुनै पनि बहानामा राजस्व छलि गर्नेहरु उम्किनु नहुनेमा जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व छलि तथा चुहावट गर्नेहरुउपर कडा कारवाही गर्न निर्देशन दिएका छन् । उनले राजस्व प्रशासनमा आमूल सुधार ल्याई राजस्व छली तथा चुहावट गर्नेहरुलाई यो वा त्यो बहाना बनाएर छुट नदिन सम्बन्धित मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडा आएपछि भन्सारमा सन्दर्भ मूल्यसूचीपछि व्यापारीहरुले अटेर गरेको कुरा बाहिर आइरहेका बेला प्रधानमन्त्री ओलीले आईतबार सङ्घीय सरकारका मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा सम्बोधन गर्दै कुनै पनि बहानामा राजस्व छलि गर्नेहरु उम्किनु नहुनेमा जोड दिए । उनले कुनै महत्त्वपूर्ण एउटै मात्र निर्णयले पनि अर्बौंको राजस्व छलिलाई दायरामा ल्याउन सकिने हुँदा सम्बन्धित मन्त्रालयहरुले सतर्कतासाथ काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक तथा मौद्रिक अवस्था कमजोर रहेको भन्दै किफायति ढङगले बजेट परिचालन गनुपर्ने र विप्रेषण (रेमिट्यान्स)लाई बैङ्किङ प्रणालीअन्तर्गत ल्याउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चमा मितव्ययिता अवलम्बन गरी व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट गराएका छन् । प्रधानमन्त्री ओलीले भ्रस्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न सुरक्षा निकायलगायत सबै निकायका प्रमुखहरु आफू मातहतको नजरबाट नगिर्नेगरी काम गर्न भनेका छन् । नजिकबाट नियाल्दा पनि छविमा धब्बा÷दाग नलाग्ने गरी, शिर ठाडो हुने गरी जिम्मेवारी सम्हालेमा अवसरहरु आँफै अगाडि आउने बताए ।
मुलुकका लागि अघि बढ्दा ५ ओटा आधारलाई हेर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, सर्वोपरि राष्ट्रिय हित, राष्ट्रिय गौरव तथा प्रतिष्ठाको प्रवधर्नमा जोड दिए । त्यसैगरी उनले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताप्रति प्रतिबद्धता, विविधता तथा पूर्ण लोकतन्त्र र समान अधिकार, समान अवसर, सबैलाई सम्मान र समान सद्भाव तथा सामाजिक न्याय काम हुने गरी काम गर्न जोड दिए । उनले ५१ बुँदे निर्देशनमा मुलुकको यथार्थ चित्रण गर्दै सरकारले सङ्कल्प गरेबमोजिम ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई व्यवहारमा सार्थक बनाउन सम्पूर्ण क्षेत्रमा विकास, पूर्वाधार विकास, कनेक्टिभिटी, नवीन प्रविधिको प्रयोग र सञ्चार विकासको आयोजनासँग आबद्ध हुन निर्देशन दिएका छन् ।