no-image

बामगठबन्धले मात्रै समृद्ध मुलुक बनाउने भाषण गर्दै हिड्ने एमाले अध्यक्ष र माओवादी अध्यक्ष प्रति लक्षित गर्दै देउवाले भने, ‘समृद्धको नारा थाहा नपाएका गठबन्धनले कसरी मुलुकलाई समृद्ध बनाउन सक्छन् ?’ स्वदेशी र विदेशी लगानी नल्याएसम्म मुलुक समृद्ध बन्न नसक्ने र कम्युनिष्ट शासन आएमा बैदेशिक लगानी आउन नसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस मात्रै हत्या हिंसालाई निर्मूल पार्न लागेको बताएका छन् ।
स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।

‘लोकतान्त्रिक शासन पद्धतीमा विश्वास गर्ने पाटी हत्या हिंसालाई प्रश्रय दिन सक्दैन’ उनले भने, ‘मुलुकको हरेक परिवर्तनको वागडोर सम्हालेको पार्टी नेपाली काङ्ग्रेस नेपाली जनताको साझा पाटी हो ।’

बामगठबन्धनले मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजेको आरोप लगाउदै प्रधानमन्त्री देउवाले काङ्ग्रेसले कहिल्यै नेपाली जनतालाई दुःख नदिएको, हत्या हिंसा नगरेको पार्टी भएको बताए । बामगठबन्धले मात्रै समृद्ध मुलुक बनाउने भाषण गर्दै हिड्ने एमाले अध्यक्ष र माओवादी अध्यक्ष प्रति लक्षित गर्दै देउवाले भने, ‘समृद्धको नारा थाहा नपाएका गठबन्धनले कसरी मुलुकलाई समृद्ध बनाउन सक्छन् ?’ स्वदेशी र विदेशी लगानी नल्याएसम्म मुलुक समृद्ध बन्न नसक्ने र कम्युनिष्ट शासन आएमा बैदेशिक लगानी आउन नसक्ने उनको भनाइ छ ।

चुनावी आमसभामा काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अव लोकतन्त्रको ढोका बन्द गर्ने सपना नदेख्न बामगठबन्धलाई चेतावनी दिए । मुलुकमा प्रजातन्त्र आएपछि विकासको ढोका खुल्यो भन्यौ पौडेलले भने, ‘नेपालका कम्युनिष्ट पार्टीले बेला बेलामा आतंक, हिंसात्मक गतिविधि र वितण्डा मच्चाएकाले विकासको गति हुन सकेन ।’

लोकतन्त्र कमजोर भयो भने नेपाली जनता कमजोर हुने बताउँदै पौडेलले अव जंगबहादुरवाद र महेन्द्रवाद नेपालमा कहिल्यै नआउने बताए । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा उमेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको विकास सगै समृद्ध बनाउन मेरो उमेदवारी रहेको बताए ।

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालका कम्युनिष्ट पार्टीले संविधान उल्टाउने, व्यवस्था बदल्ने र ५० बर्ष कम्युनिष्ट शासन गर्ने बताउँदै आएको बताए । नेपालमा कम्युनिष्ट शासन आउने सपना नदेख्न खाँणले चुनौती दिए । नेपाल काङ्ग्रेसमय र लोकतान्त्रिक शक्तिमय भएकोले यो निर्वाचनमा लोकतान्त्रिक शक्तिको विजयी भइसकेको बताए ।