नेपाल राष्ट्र बैङ्कले विदेशी पर्यटकलाई पोसमार्फत विदेशी मुद्रा सटही गर्ने अधिकार दिएको हो । तर, पोसमार्फत विदेशी मुद्रामा भुक्तानी दिँदा नेपालका बैङ्क तथा वित्तीय संस्थाबाट जारी भएका कार्डबाट नेपाली रुपैयाँ भुक्तानी हुँदा केन्द्रीय बैङ्कको भुक्तानी प्रणाली विभागबाट जारी निर्देशनहरुको पालना अनिवार्य रुपमा हुनुपर्ने छ ।
मुलुकभित्र सञ्चालित मनिचेन्जरहरुले प्वाइन्ट अफ सेल (पीओएस–पोस)मार्फत विदेशी मुद्रा साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले विदेशी पर्यटकलाई पोसमार्फत विदेशी मुद्रा सटही गर्ने अधिकार दिएको हो । तर, पोसमार्फत विदेशी मुद्रामा भुक्तानी दिँदा नेपालका बैङ्क तथा वित्तीय संस्थाबाट जारी भएका कार्डबाट नेपाली रुपैयाँ भुक्तानी हुँदा केन्द्रीय बैङ्कको भुक्तानी प्रणाली विभागबाट जारी निर्देशनहरुको पालना अनिवार्य रुपमा हुनुपर्ने छ ।
मनिचेन्जरले पोसमार्फत भुक्तानी दिँदा विदेशीको हकमा राहदानीको प्रतिलिपि, भारतीय नागरिकको हकमा आधार कार्ड÷मतदाता परिचयपत्र वा राहदानीकै प्रतिलिपि लिएर कार्डमा भएको नाम र पहिचानको नाम रुजु गरेर मात्रै भुक्तानी दिनुपर्नेछ । त्यसैगरी कार्डको अग्रभागमा छापिएको कार्ड एकाउन्ट नम्बरको पहिलो ४ अङ्क र ४ अङ्कको ‘बैङ्क आइडेन्टिफिकेसन नम्बर’ (बीआईएन) रुजु गरेर नेपाली मुद्रामा मात्र भुक्तानी दिनुपर्नेछ ।
मनिचेन्जरले अन्तर्राष्ट्रिय कार्ड (भिसा इन्टरनेसनल, मास्टर कार्ड इन्टरनेसनल, युनियन पे इन्टरनेसनल आदि)मार्फत मात्र भुक्तानी दिनसक्ने केन्द्रीय बैङ्कले उल्लेख गरेको छ । प्रति कारोबार रकमको सीमा र प्रति कारोबार सेवाशुल्क भने पोस सेवा प्रदायक बैङ्क तथा वित्तीय संस्था र सम्बन्धित मनिचेन्जर कम्पनीबीचको सम्झौता बमोजिम लागू हुने पनि राष्ट्र बैङ्कले जनाएको छ ।
वित्तीय संस्थाले कारोबारवापतको रकम मनिचेन्जरलाई भुक्तानी गर्दा भने नेपाली रुपैयाँमा गर्नुपर्ने छ । मनिचेन्जरले कारोबार सम्पन्न भएपछि राष्ट्र बैङ्कको निर्देशन बमोजिम विदेशी मुद्रा सटही रसिद जारी गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ । मनिचेन्जरले बैङ्क/वित्तीय संस्थाबाट प्राप्त ‘ईएमभी पोस टर्मिनल’बाट मात्र कारोबार गर्नुपर्ने र त्यस्तो पोस टर्मिनलबाट ‘फल ब्याक’ कारोबार गर्न पाइने छ्रैन । त्यसैगरी पोसमार्फत इम्प्रिन्टर मेसिन तथा भ्वाइस अथोरोईजेसनका माध्यमबाट म्यानुअल÷मोटो कारोबार गर्न बन्देज लगाएको छ ।
राष्ट्र बैङ्कबाट विदेशी मुद्रा सटही गर्न इजाजत लिएका मनिचेन्जरले पोसमार्फत कारोबार गर्न अघिल्लो आर्थिक वर्षमा कम्तीमा १२ लाख अमेरिकी डलरसम्मको कारोबार गरेको हुनुपर्ने र आवश्यक भौतिक पूर्वाधार पूरा गरेको तथा नेपाल राष्ट्र बैङ्क मनिचेन्जर विनियमावली २०६७ बमोजिम कारबाहीमा परेको भए कम्तीमा कारवाही भुक्तान भएको ३ वर्ष पूरा गरेका मनिचेन्जरलाई मात्र यस्तो कारोबार गर्न अनुमति दिइने केन्द्रीय बैङ्कले उल्लेख गरेको छ ।
पोसमार्फत कारोबार गर्ने मनिचेन्जरले यससम्बन्धी सूचना ग्राहकले देख्नेगरी कारोबार स्थलमा राख्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।