औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत् जाने गरेको तर्फ सङ्केत गर्दै उनले त्यसलाई उपभोक्ताले लोडसेडिङ ग¥यो भनी बुझ्न नहुने बताए ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ ।
औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत् जाने गरेको तर्फ सङ्केत गर्दै उनले त्यसलाई उपभोक्ताले लोडसेडिङ ग¥यो भनी बुझ्न नहुने बताए ।
सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा समस्या (ट्रिपिङ) हुँदा विद्युत् आपूर्तिमा पनि समस्या हुने गरेको प्राधिकरणको भनाई छ । ‘विगतमा लोडसेडिङ लामो समय हुँदा ट्रिपिङ भएको उपभोक्ताले थाहा नपाउने हुँदा विद्युत् आपूर्तिमा समस्या आएको थाहा पाउँदैनथे’ प्राधिकरणले भनेको छ, ‘कार्यस्थलमा देखिएका प्राविधिक समस्या समाधान गर्न मुलुकभर कर्मचारीको समूहलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।’
सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सफर्मर सार्नुपर्र्ने लगायतका प्राविधिक कारणले सम्बन्धित क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्ने घिसिङको भनाई छ । यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न ऊर्जा मन्त्रीबाट निर्देशन भएको र सोहीअनुसार काम गरिरहेको घिसिङले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत् आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिटो र छरितोरुपमा समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । त्यतिबेला उनले एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा लोडसेडिङ भइरहेको हो कि मन्त्रीले विनाजानकारी निर्देशन दिएको भनेर प्राधिकरणको उछितो काटेपछि प्राधिकरणले प्रस्टीकरण दिएको हो ।
प्राधिकरणले अहिले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने काम उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको छ । ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत् आपूर्ति कटौती हुनसक्ने भन्दै त्यस्ता ठाउँमा मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिटो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील भएको जनाएको छ ।