नेपाल आएका अमेरिकी पर्यटकको प्रश्न— साँच्चै नेपाल पर्यटकलाई स्वागत गर्ने देश हो ?

हामी एभरेस्ट बेसक्याम्प जानका लागि आएका हौं । यो पटक हामी नेपालमा २२ दिन बस्छौं । नेपाल भनेको अतिथि सत्कार गर्ने मुलुक हो । तर, विस्तारै नेपालले यो कुरा भुल्दै गएको छ कि जस्तो लाग्न थाल्यो । अध्यागमनमा हुने यस्तो सुविधा र सेवाका विषयमा नेपाल सरकारले सोच्नुपर्छ ।

नेपाल सुन्दर देश हो । त्यसैले यो मुलुकले मलाई बारम्बार आकर्षित गर्ने गरेको छ । नेपाल घुम्नकै लागि म यसअघि दुईपटक आइसकेको छु । म घुमेर फर्केपछि मैले मेरो परिवार र साथीहरुलाई नेपालको सुन्दरताको वर्णन गरें । त्यसपछि उनीहरु पनि नेपाल आउन लालायित भए । यसपटक मेरो परिवार र केही साथीहरु नेपाल घुम्न आइपुगेका छौं । तर, यो पटक विमानस्थलमा जे अनुभव भयो, त्यसले अलि नरमाइलो बनायो ।

हामी नौ जना शनिबार अमेरिकाबाट कतारको दोहा हुँदै कतार एयरवेजमार्फत नेपाल आइपुगेका हौं । विमानस्थलमा हामी बिहान १०ः३० ल्यान्ड गरेका थियौं । ल्यान्ड भएर जब अध्यायगनको काउन्टरतर्फ गयौं, त्यहाँको अवस्था देखेर हामी छक्क पर्यौं । अत्यन्तै अव्यवस्थित लाइन थियो । काउन्टरमा कर्मचारी थिएनन् । अनअराइभल फर्म कहाँ भर्ने, भरेर कहाँ दिने ? केही जानकारी थिएन । कुनै पनि साइन र कुनै पनि अनाउन्समेन्ट थिएन । न त सहयोग गर्ने कुनै स्टाफहरु नै थिए ।

धेरै पर्यटक अन्योलमा थिए । पछि दुईओटा काउन्टरमा कर्मचारी आए । तर काम धेरै नै सुस्त । १५ मिनेटपछि एकजना कर्मचारी काउन्टरबाट बाहिर निस्के । धेरै जना पर्यटक आत्तिइरहेका थिए । सहयोग खोजिरहेका थिए । तर कोही पनि सहयोगका लागि आइपुगेनन् ।

नेपालमा म तेस्रो पटक आएको हुँ । अरु आठजना नेपालमा पहिलो पटक आइपुगेका हुन् । यसअघि पनि विमानस्थलमा यस्तै अनुभव भएको थियो । मैले सामान्य लिन सके पनि मेरो परिवार र साथीहरुलाई यो अनुभवले नरमाइलो बनाइरहेको छ । साढे १० बजे ल्यान्ड भएको हामी दिउँसो २ बजे एयरपोर्टबाट बाहिर निस्कन सक्यौं । कस्तो विडम्बना ?

 

हामी एभरेस्ट बेसक्याम्प जानका लागि आएका हौं । यो पटक हामी नेपालमा २२ दिन बस्छौं । नेपाल भनेको अतिथि सत्कार गर्ने मुलुक हो । तर, विस्तारै नेपालले यो कुरा भुल्दै गएको छ कि जस्तो लाग्न थाल्यो । अध्यागमनमा हुने यस्तो सुविधा र सेवाका विषयमा नेपाल सरकारले सोच्नुपर्छ । सम्बन्धित कर्मचारीका विषयमा अनुसन्धान गर्नुपर्छ । नेपाल पर्यटकीय मुलुक भएको संसारभर फैलिँदै छ । पर्यटकहरु बढ्दै छन् । तर यस्तो सुविधा र सेवाले पर्यटकहरु सन्तुष्ट हुन्छन् जस्तो मलाई लाग्दैन ।

डेबिड फिजप्याट्रिकले विमानस्थलमा खिचेकाे भिडियाे