सुन तोलाको ५८ हजार ५ सय पुग्योे

अमेरिका र चीनबीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको प्रभाव नेपाली सुन बजारमा परेको छ ।

विश्वका दुई ठूला शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको प्रभाव नेपाली सुन बजारमा परेको छ ।

नेपाली बजारमा सुनको मूल्य दिनानुदिन बढ्ने क्रम जारी छ । बिहीबार छापावाल सुन प्रतितोला ५७ हजार ९ सयमा कारोबार भएकोमा शुत्रबार प्रतितोला चार सय रुपैयाँ उकालो लागेर ५८ हजार ३ सयमा आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेर सुन प्रतितोला ५८ हजार पाँच सय पुगेको थियो । सोमबार पनि स्थिर रही ५८ हजार ५ सय रुपैयाँमै कारोबार भएको छ ।

चाँदी पनि चार दिनदेखि स्थिर रही सात सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।