भरतपुर महानगरमा दुई हजार प्रतिशतसम्म कर वृद्धि

कर वृद्धि अस्वाभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म बढाएको हो ।

भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ ।

कर वृद्धि अस्वाभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म बढाएको हो ।

महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई ५ सयबाट बढाएर १० हजार रुपैयाँ कर पु¥याएको छ । एक हजार वार्षिक तिर्दै आएका मैदा उद्योगलाई २० हजार रुपैयाँ कर तोकिएको छ भने एक हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई २० हजार पु¥याइएको छ ।

पेट्रोलपम्पले अब २५ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ । यसअघि पेट्रोलपम्पले चार हजार रुपैयाँ तिर्दै आएका थिए । पोल्ट्रीको राजधानी मानिने यहाँका ह्याचरी उद्योगले छ हजारबाट ३० हजार रुपैयाँ कर तिर्न बाध्य भएका छन् । पेन्ट्स उद्योगले चार हजार ५ सयबाट ५० हजार, सिनेमा हलले दुई हजारबाट २५ हजार, सिसा पसलले एक हजार ५ सयबाट २० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका चार महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए । उनका अनुसार भरतपुरमा तय गरेको जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन । प्रधानले भने, ‘कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ । अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो तर सबैको भन्दा उत्पातै बढी भयो ।’

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वाभाविक रहेको दाबी गरे । महानगरपालिकाका पदाधिकारीले यो महानगरपालिका विशिष्ट महानगरपालिका भएकाले केही कर बढी हुने भन्दै आफ्नो अडान कायम राख्दै आएका छन् । रासस