ठेउलेखोला जलविद्युत् आयोजनाले परिक्षण उत्पादन शुरु गरेको छ । दक्षिणी बागलुङको जैमिनी नगरपालिका— १ मा उक्त बनेको आयोजना १.५ मेगावाट क्षमताको आयोजनाले आइतबारदेखि उत्पादन सुरु गरेको हो । साढे ३४ करोड रुपैँया लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना भूकम्प, नाकाबन्दी र मुआब्जाका र पछिल्लो समय इन्धन अभावका कारण निर्माणमा केही ढिलाई भएको आयोजनाले जनाएको छ ।
निर्माणसम्वन्धि हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकलका कामहरु सम्पन्न भई परिक्षण उत्पादन सुरु गरेको आयोजना प्रवद्र्धक कम्पनी बाराही हाइड्रोपावर लिमिटेड इन्जिनियर सुर्यप्रसाद अधिकारीले जानकारी दिए । ‘पछिल्लो समय मुआब्जा र इन्धन आपुर्तिमा समस्याका कारण ढिलै सम्पन्न भयो ।’ उनले भने, ‘उत्पादन परिक्षण पछि राष्ट्रिय प्रणालीमा जोड्ने तयारीमा छौँ ।’
उनले परिक्षण पश्चात उत्पादित विद्युत विद्युत् अस्थायी रुपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिने बताए । विद्युत उत्पादन भएसँगै बागलुङ जिल्लाको ४० प्रतिशत विद्युत माग पूरा हुने उनको भनाई छ ।
गर्मीयाम ठेउलेखोलामा पानीको सतह घट्ने र बर्षायाममा बढ्ने भएकाले न्युनतम ५ सय किलोवाट देखि १ दशमलव ५ मेगावाट सम्म विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।