लघु जलविद्युत् संस्थाहरु सङ्गठित

नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज ललितपुरमा आयोजित राष्ट्रिय भेलाले लघु जलविद्युत् क्षेत्रमा रहेका नीतिगत अस्पष्टता अन्त्यका लागि जलविद्युत् संस्थाहरुको राष्ट्रियस्तरको छाता सङ्गठनको रुपमा महासङ्घ गठन गरिएको बताइएको छ ।

नेपालको लघु जलविद्युत् क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा लघु जलविद्युत् संस्थाहरुको पहुँच स्थापित गर्न राष्ट्रिय महासङ्घ गठन गरिएको छ ।

नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज ललितपुरमा आयोजित राष्ट्रिय भेलाले लघु जलविद्युत् क्षेत्रमा रहेका नीतिगत अस्पष्टता अन्त्यका लागि जलविद्युत् संस्थाहरुको राष्ट्रियस्तरको छाता सङ्गठनको रुपमा महासङ्घ गठन गरिएको बताइएको छ ।

नेपाल ऊर्जा फाउन्डेसनको अगुवाइमा भएको सो भेलाले नारायणध्वज खडकाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा रामकुमार राई, महासचिवमा खेम थापा र कोषाध्यक्षमा शान्ता चौलागाई छन् ।

महासङ्घले लघु जलविद्युत् उपभोक्ताका अधिकार, लघु जलविद्युतको दिगो विकास, नीतिगत सुधार, राष्ट्रिय प्रणालीमा आबद्धताका क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ । रासस