वैशाखदेखि रारामा फ्री वाईफाई

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाईफाई सेवा दिन लागिएको हो ।

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाईफाई सेवा सञ्चालन गर्ने भएको छ ।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाईफाई सेवा दिन लागिएको हो ।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्री वाईफाईको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पु¥याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाईफाईको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिइन् ।

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले बताइन् ।