सहकारी महासम्मेलनमा १० बुँदे घोषणा पत्र जारी

आर्थिक सामाजिक सवलीकरणमा योगदान पु¥याउने, संबिधानत प्राप्त छुट, सुविधा तथा सहुलियतहरुको उपयोगका लागि आवश्यक पहल चाल्ने, निर्बाहमुखी कृषि प्रणालीलाई व्यवसायिकीकरण गर्ने, सहकारी, निजी र सरकारको साझेदारीमा व्यवसायिक कृषिको अवधारणा ल्याउँदै कृषि उत्पादन, प्रशोधन र बजारीकरण बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।

राजधानीमा जारी सहकारी महासम्मेलन १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा सघाउने घोषणा सहित सकारी सम्मेलन सम्पन्न भएको हो ।

निजी क्षेत्रप्रति अपेक्षित उदार नदेखिएका अर्थमन्त्री युवाराज खतिवडाले सम्मेलनमा अब विकासको साझेदार सहकारी बन्ने उद्घोषण गरेपछि सहकारी अभियान्ता पनि उत्साहित छन् ।

दिगो विकास लक्ष्य पूरा गर्न सरकार, निजी क्षेत्र तथा सहकारी सहित तीन खम्बे अर्थनीतिलाई अवलम्वन गरी समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सघाउने घोषणा गरेका छन् । संवैधानिक व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरुपता ल्याउन तथा सहकारी मैत्री बनाउन आपसी समन्वय र सहकार्य गर्ने, सहकारीको स्वनियमन प्रणाली प्रभावकारी बनाउने लगायत घोषणा पत्र जारी गरेका छन् ।

पिछडिएका, गरिब, सिमान्तकृत तथा वित्तीय क्षेत्रमा पहुँच नपुगेका नागरिकलाई विशेष प्राथमिकता दिँदै उनीहरुको सीप तथा क्षमता अभिबृद्धि गराउँदै लैजाने जनाइएको छ । आर्थिक सामाजिक सवलीकरणमा योगदान पु¥याउने, संबिधानत प्राप्त छुट, सुविधा तथा सहुलियतहरुको उपयोगका लागि आवश्यक पहल चाल्ने, निर्बाहमुखी कृषि प्रणालीलाई व्यवसायिकीकरण गर्ने, सहकारी, निजी र सरकारको साझेदारीमा व्यवसायिक कृषिको अवधारणा ल्याउँदै कृषि उत्पादन, प्रशोधन र बजारीकरण बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।

सम्मेलनमा चीन, भारत, मलेशिया, पाकिस्तान, इन्डोनेसिया, कोरिया, श्रीलङ्का, ब्रसेल्स, सिङ्गापुर नेपाल, दक्षिण कोरियाका २२ जना सहकारी प्रतिनिति तथा देशभरका गरी कुबल ११ सय ५० जना सहकारीकर्मीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
विहीवार अबेरसम्म सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारीमार्फत नयाँ मोडेलमा देशको आर्थिक विकास गर्न सकिने बताए । राष्ट्रिय सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा भएको दोस्रो सहकारी महासम्मेलनको समापन कार्यक्रममा बोल्दै दाहालले सहकारीमार्फत आर्थिक सम्वृद्धि हासिल गरिने दाबी गरे ।