अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।
राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म एक खर्ब एक अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ ।
अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै तीन लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए ।
प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई तीन लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए । विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५ सय ५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७ सय विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ ।
त्यस्तै, ७ सय ५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब सय सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस