जलविद्युत्, उत्पादन प्रशारण लाइन, सडक, सुरुङमार्ग निर्माण, विमानस्थल निर्माण, केबलकार, पुल निर्माणमा विदेशी लगानी ल्याउन पाइन्छ । त्यसैगरी, विदेशी मुद्रा आर्जन गर्न सक्ने क्षेत्रको रुपमा परिचित पर्यटन क्षेत्र, कृषि क्षेत्रमा वैदेशिक लगानी ल्याउन पाइन्छ ।
सरकारले उत्पादन र सेवामुलक क्षेत्रमा मात्रै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गर्ने तयारी गरेको छ । जस्तोसुकै क्षेत्रमा एफडीआई स्वीकृत गर्दा नेपाललाई नै घाटा हुने भएपछि सरकारले उत्पादन र सेवामुलक क्षेत्रमा मात्रै अनुमति दिन लागेको हो ।
‘जुन पायो त्यही क्षेत्रमा एफडीआई स्वीकृत ग¥यो नेपालबाट डलरमा भुक्तानी गर्दा ठूलो रकम उतै जान्छ,’ अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भने, ‘कम्तिमा पनि रोजगारी सिर्जना हुने क्षेत्रमा मात्रै एफडीआई ल्याउन अनुमति दिने हो भने, विदेश काम गर्न जानेको दरमा त कमी आउँछ ।’
अहिले हरेक क्षेत्रमा एफडीआईका ल्याउन पाइन्छ । तर, अबदेखि निश्चित क्षेत्रमा मात्रै एफडीआईका लागि अनुमति दिने उनले जानकारी दिए । सोही अनुसार राष्ट्रबैङ्कले पनि सूचना प्रकाशित गरेको छ ।
राष्ट्रबैङ्कले निकालेको सूचनामा जलविद्युत्, उत्पादन प्रशारण लाइन, सडक, सुरुङमार्ग निर्माण, विमानस्थल निर्माण, केबलकार, पुल निर्माणमा विदेशी लगानी ल्याउन पाइन्छ । त्यसैगरी, विदेशी मुद्रा आर्जन गर्न सक्ने क्षेत्रको रुपमा परिचित पर्यटन क्षेत्र, कृषि क्षेत्रमा वैदेशिक लगानी ल्याउन पाइन्छ ।
वित्तीय साधनको प्रवन्ध गर्न विदेशी बैङ्क तथा वित्तीय संस्थाबाट आफ्नो प्रथामिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन सक्नेछन् ।