महासङ्घ अध्यक्ष राणाले भारतीय लगानीकर्तासँग भनिन्, ‘नेपालमा लगानी बढाउन ढिला नगर्नुहोस्,’

सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको बताउँदै अध्यक्ष राणाले नेपालले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरुका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य हुन सक्ने वलियो आधार समेत प्रस्तुत गरिन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपालमा ढिला नगरी लगानी गर्न आग्रह गरेकी छन् । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी. शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नया“ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यावसायिक फोरमलाई नेपाली निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी भएकी अध्यक्ष राणाले यस्तो बताएकी हुन् ।

भारतीय उद्योग वाणिज्य महासङ्घ, भारतीय उद्योग परिसङ्घ र एसोचेमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपालमा अव लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरिन् । प्रधानमन्त्री यो भ्रमण अत्यन्त उपयुक्त समयमा भएको चर्चा गर्दै अध्यक्ष राणाले स्थिर सरकार, प्रधानमन्त्री स्वयम् मुलुकभित्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासन कायम गर्न प्रतिवद्ध रहेकोे भारतीय लगानीकर्ताहरूलाई जानकारी गराएकी हुन् ।

नेपाल र भारत दुवै प्राकृतिक स्रोत साधनले भरिपूर्ण र यूवा जनशक्तिले भरिभराउ देश रहेकाले यसको भरपुर उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गरी अगाडी बढनु पर्ने धारणा अध्यक्ष राणाले राखिन् । अपार स्रोतहरुको अधिकतम उपयोग मार्फत हाम्रा जनताहरूको जीवनस्तर उठाउन साझा उद्देश्य तथा रणनीतिक लक्ष्य निर्धारण गरी अघि बढ्नु पर्ने उनको सुझाव छ ।

भारतले हासिल गरेको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालयित रहेको पनि अध्यक्ष राणाले बताइन् । अध्यक्ष राणाले नेपाल भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयां शिराबाट अगाडी बढाउनु पर्नेमा समेत जोड दिइन । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउँदै अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको विस्तार तथा सहकार्यका नया“ नया“ क्षेत्रहरूको पहिचानमा समेत जोड दिनुपर्ने उल्लेख गरिन ।

वदलि“दो परिस्थितिमा क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरमा देखा परेका परिवर्तनहरूलाई आत्मसाथ गर्दै त्यसबाट लाभ उठाउन समेत आपसी सहकार्य जरुरी रहेको धारणा रहेको थियो । अत्यन्त नजिकको छिमेकी तथा विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको मित्रराष्ट्र भारतबाट नेपालमा पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको अध्यक्ष राणाले बताइन् ।

आर्थिक समृद्धिको मार्गमा भर्खर अगाडी बढ्ने तरखरमा रहेको नेपालका लागि यतिखेर भारतस“गको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको भन्दै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूको समेत वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नेपालको समृद्धिको चाहनालाई पूरा गर्न भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन अपिल गरिन् ।

सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको बताउँदै अध्यक्ष राणाले नेपालले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरुका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य हुन सक्ने वलियो आधार समेत प्रस्तुत गरिन् । सरकारले विद्युत आर्पूिर्तको प्रभावकारी व्यवस्थापन गरेका कारणनै लोडसेडिङ अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमतामा समेत सुधार भएको उदाहरण राख्दै अध्यक्ष राणाले उर्जा उत्पादनमा अहिले निकै ठूला परियोजना समेत अगाडी बढेकाले आगामी दिनमा निकै धेरै उद्योगहरू आउनुका साथै उत्पादन क्षमतामा समेत ठूलो सुधार आउने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको स्पष्ट पारिन् ।

चुनौतीबीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरूले निकै धेरै लाभ उठाउन सकेको उदाहरण दिँदै अध्यक्ष राणाले ती उद्योगहरूले आफ्नो परियोजना समेत विस्तार गर्दै गएको भन्दै निकै धेरै लगानी खोजिरहेको नेपालका लागि सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई अपिल गरेकी हुन् ।