ओली र मोदीद्धारा पेट्रोलियम पाइपलाइनको शिलान्यास

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा मोतीहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माणको स्विच थिचेर शिलान्यास गरेका छन् ।

पेट्रोलियम पाइपलाइन निर्माणका लागि २०७२ भदौंमा तत्कालिन आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलिम तथा ग्यासमन्त्री धर्मेन्द्र प्रधानले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

त्यो बेलाको सम्झौताअनुसार रक्सौलदेखि अमलेखगञ्ज पाइपलाईन निर्माण गर्ने भनिएपनि इण्डियन आयल कर्पाेरेशनले रक्सौलको तेल डिपोलाई मोतिहारी सारेपछि पाइपलाइन पनि विहारको मोतीहारीदेखि अमलेखगञ्जसम्म बिछ्याउन गरि शिलान्यास गरिएको हो । मोतिहारीदेखि अमलेखगञ्जसम्मको दुरी ६८.९६ किलोमिटर रहेको छ । उक्त क्षेत्रभित्र पाइपलाइन बनाउने हाे ।  यसअघि रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर तय गरिएको थियो।

पाइपलाइनको ३९ किलोमिटर हिस्सा नेपाली भूभाग र बाँकी २ किलोमिटर भारततर्फ पर्ने जनाइएको छ । तर, नयाँ अध्ययनबाट अमलेखगन्जबाट सिमानासम्म ३६.२८ र सीमाबाट मोतिहारीसम्म ३२.६८ किलोमिटर हुन्छ । पाइलाइनको दूरी बढे पनि भारततर्फको खर्च भारतीय आयल निगम (आईओसी) ले नै व्यहोर्नेछ । भारतले निजी जग्गा अधिग्रहण गरेर पाइपलाइन बनाउन लागेको हो । पाइपलाइन निर्माणको दूरी बढे पनि भारततर्फ लाग्ने खर्च आईओसीले नै व्यहोर्छ । यसकै लागि भारतले खेतीयोग्य जमिन अधिग्रहण गरिसकेको छ। त्यसैले समस्या छैन ।

अमलेखगन्जदेखि मोतहारीसम्म पाइपलाइनका परिवर्तन विन्दु करिब ८० वटा छन् । निगमका अनुसार पहिलो चरणमा अमलेखगन्जमा रहेका करिब ४ वटा ट्यांकीमा भण्डारण गरिनेछ । जिओडेटिक प्रणालीले पाइपलाइनको नक्सा, भूकम्पीय क्षेत्रलगायतको प्रतिवेदन हो । आईओसीले प्रतिवेदनको अध्ययन गरी अन्तिम रूप दिई प्रतिवेदन पुन: निगमलाई दिनेछ । त्यसपश्चात् निर्माण प्रक्रिया सुरु हुनेछ । झन्डै २० वर्षदेखि चर्चामा रहेको पाइपलाइन निर्माण सम्बन्धमा ०७२ भदौ ७ मा सम्झौता भएको हो।