स्थानीय तहमा चेम्बर अफ कमर्श

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरिएको हो ।

दुईटा नगरपालिका तथा आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समिति गठन गरिएको हो ।

केही समयअघि मात्र नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य खुसनारायण सैँजुको अध्यक्षतामा गठन भएको खोटाङ चेम्बर अफ कमर्शमा आबद्ध रहनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकासहित अन्य आठअाेटा गाउँपालिकामा समिति गठन गरिएको छ ।

सुमन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय दिक्तेल रुपाकोट मझुवागढी चेम्बर अफ कमर्श, किशोर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय हलेसी तुवाचुङ चेम्बर अफ कमर्श, मीना राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुइचुम्मा चेम्बर अफ कमर्श, दीर्घबहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय बराहपोखरी समिति, रावाबेँसीमा खेमराज देउसालीको अध्यक्षतामा तथा जन्तेढुंगामा गणेश उदासको अध्यक्षतामा तथा केपिलासगढीमा भानु तिम्सिनाको अध्यक्षतामा १५ सदस्यीय समिति र पुष्पराज श्रेष्ठको अध्यक्षतामा ऐसेलुखर्क चेम्बर अफ कमर्श गठन गरिएको छ ।

यस्तै, साकेला गाउँपालिकामा शिवकुमार बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति तथा खोटेहाङ गाउँपालिकामा प्रदीप आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । रासस