सात बर्षमा ७ सय जना विद्युत्तीय दुर्घटनामा

प्राधिकरणका अनुसार २०६८ को असारबाट हालसम्म सात सय ५२ जना विद्युतीय दूर्घटना परेका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अङ्गभङ्ग भएका व्यक्तिलाई परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

पछिल्लो सात बर्षमा ७ सय जना विद्युतीय दुर्घटनामा परेका छन । २०६८ सालदेखि हरेक बर्ष १ सय जना भन्दा बढी व्यक्ति विद्युतीय कारणले दुर्घटनामा पर्ने गरेका छन् । दूर्घटनामा पर्नेहरुमध्ये कति व्यक्तिको मृत्यु हुन्छ भन्ने यकिन हुन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले विद्युतीय दूर्घटना कम गर्न तथा सचेत गराउने उद्धेश्यले सोमबार सुरक्षा दिवश मनाइएको छ ।

प्राधिकरणका अनुसार २०६८ को असारबाट हालसम्म सात सय ५२ जना विद्युतीय दूर्घटना परेका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अङ्गभङ्ग भएका व्यक्तिलाई परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।