अटोमोबाइल्स क्षेत्र सरकारलाई बढी कर बुझाउने क्षेत्र रहेको र यससँग सम्बद्ध व्यवसायीलाई आफूले नजिकबाट नियाल्ने गरेको अर्थमन्त्री डा. खतिवडाले बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अब आवश्यक सवारीसाधनअनुसारको कर निर्धारण गरिने बताएका छन् । नेपाल अटोमोबाइल्स डिलर एसोसिएसनको ४१औं वार्षिक साधारणसभाका अवसरमा यस्तो बताएका हुन् । अटोमोबाइल्स क्षेत्र सरकारलाई बढी कर बुझाउने क्षेत्र रहेको र यससँग सम्बद्ध व्यवसायीलाई आफूले नजिकबाट नियाल्ने गरेको समेत उनको भनाइ छ ।
अटोमोबइल्सलाई आयातभन्दा पनि देशलाई उत्पादनमूलक क्षेत्रको विकासमा लागिपर्नुपर्नेमा उनले जोड दिए । देशको पूर्वधार, सडक विस्तार तथा यातायात विकासका लागि अटोमोबाइल क्षेत्रले महङ्खवपूर्ण भूमिका खेल्ने खतिवडाको भनाइ छ । ‘जसले यातयातका साधन प्रयोग गर्छ, उसैले सडक निमार्णका लागि कर तिनुपर्ने कानुनमै उल्लेख छ,’ उनले भने ।
अन्य मुलुकबाट आयातित वस्तु तथा सेवालाई उत्पादन क्षेत्रमा जोड्न सक्नुपर्ने र आयातित वस्तुलाई प्रतिस्थापन गर्दै उत्पादन क्षेत्रलाई बढाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको पनि उनले बताए । अर्थमन्त्री डा. खतिवडाले अटोमोबाइल व्यवसायीले तिरेको कर दुरुपयोग हुन नदिने पनि प्रतिबद्धता व्यक्त गरे । सरकारले आगामी दिनमा सवारीसाधनमा क्षमतअनुरुपको कर निर्धारण गर्ने उनको भनाइ छ ।