दुवै पक्षबीचको हस्ताक्षरसँगै औपचारिक रुपमा आयोजनाको ऋण व्यवस्थापनको काम अघि बढेको कर्मचारी सञ्चय कोषले जनाएको छ । सुर्खेत जिल्लाको चौकुनेस्थित बेतानमा रहेको सो आयोजनामा अधिक हिस्सा सञ्चय कोषको छ ।
बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनीमा वाणिज्य बैङ्कहरुले २५ अर्व रुपैयाँसम्म ऋण लगानी गर्ने भएका छन् । कुल ४९ अर्ब रुपैयाँ ऋण लगानी हुने सो आयोजनामा बैङ्कहरुले आंशिक (२५ अर्ब) ऋण लगानी गर्न सहमत भएका हुने भएका हुन् ।
बेतन कर्णालीका लागि करिब ७० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसमध्ये ३० प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँ शेयर पूँजीबाट र बाँकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपैयाँ ऋण लिइनेछ । कुल ऋणमध्ये २५ अर्ब बैङ्कहरुले सहवित्तीयकरणमा लगानी गर्न तयार भएका हुन् । सो आयोजनाको कुल लागत भने बिस्तृत परियोजना प्रतिबेदन प्राप्त भइसकेपछि निश्चित हुने कर्मचारी सञ्चय कोषले जनाएको छ ।
बेतन कर्णालीमा बित्तीय स्रोत जुटाउने सन्दर्भमा कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैङ्क तथा नबिल बैङ्कबीच आयोजनामा बैंकिङ्ग सहबित्तीयकरण समूह गठन गरि ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार सम्झौतापत्रमा सञ्चय कोषका कार्यवाहक प्रशासक दीपक रौनियार र नेपाल एसविआई बैङ्कका प्रबन्धक सञ्चालक अनुकूल भटनागर तथा नविल बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरे ।
दुवै पक्षबीचको हस्ताक्षरसँगै औपचारिक रुपमा आयोजनाको ऋण व्यवस्थापनको काम अघि बढेको कर्मचारी सञ्चय कोषले जनाएको छ । सुर्खेत जिल्लाको चौकुनेस्थित बेतानमा रहेको सो आयोजनामा अधिक हिस्सा सञ्चय कोषको छ ।
कम्पनीमा अधिक हिस्सा कर्मचारी सञ्चय कोषको छ । सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत शेयर स्वामित्व छ । त्यसैगरी कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन तथा विकास कम्पनीको १० प्रतिशत र २५ प्रतिशत आयोजना प्रभावित जिल्लाका बासिन्दा, अति विपन्न परिवार र सर्वसाधारण समूहको सेयर स्वामित्व छ ।
गत वैशाखमा स्थापित कम्पनीको अधिकृत पुँजी २० अर्ब र जारी पूजी १० अर्ब रुपैयाँ छ । बेतन कर्णाली जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी (डीपीआर)को काम एनईए इन्जिनीयरिङ कम्पनीबाट भइरहेको र ‘ड्राफ्ट इन्स्पेक्सन रिपोर्ट) बनाउने काम भइरहेको छ ।