पाँच जना युवाहरुको सक्रियतामा खुलेको सो रेस्टुरेन्टमा फेमली डाइनिङ हल, रुफटप, कफी सप, बार, सेलिब्रेसन हल, हुक्का जोन र पार्किङको समेत व्यवस्था भएको रेड डायमन्ड रेस्टुरेन्टका प्रबन्ध निर्देशक विष्णु पाख्रिनले जानकारी दिए ।
काठमाडौंको नयाँ बानेश्वर चोकमा रेड डायमन्ड रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
पाँच जना युवाहरुको सक्रियतामा खुलेको सो रेस्टुरेन्टमा फेमली डाइनिङ हल, रुफटप, कफी सप, बार, सेलिब्रेसन हल, हुक्का जोन र पार्किङको समेत व्यवस्था भएको रेड डायमन्ड रेस्टुरेन्टका प्रबन्ध निर्देशक विष्णु पाख्रिनले जानकारी दिए ।
दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको रेस्टुरेन्टमा पूर्णपारिवारिक वातावरणमा स्वदेश तथा विदेशी खानाका परिकारहरुको स्वाद लिन पाइन्छ । रेस्टुरेन्टमा एकै पटक तीन सयभन्दा बढी व्यक्तिले खाना तथा खाजा खान मिल्ने फराकिलो ठाउँ भएको पाख्रिनले बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नजिकै रहेको सो रेस्टुरेन्टमा ३५ जना क्षमताको सुविधा सम्पन्न मिटिङ हल छ । केही महिनाभित्रै सय जना क्षमता भएको सेमिनार हल निर्माण गर्ने र आफ्ना ग्राहकको मनोरञ्जनका लागि महिनाको एक दिन सांस्कृतिक नृत्य प्रदर्शन गर्ने तयारी समेत गरिरहेको प्रबन्ध निर्देशक पाख्रिनको भनाइ छ ।