कमनवेल्थमा आबद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै बिजनेस फोरम आयोजना गरिँदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठकको आयोजना गरेकी हुन् । अप्रिल १६ मा शुरू भएको बिजनेस फोरम १८ तारिखमा समापन हुनेछ ।
चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले बिजनेस र सामाजिक सेवा सँगसँगै अगाडि बढाउनुपर्नेे बताएका छन् । लण्डनमा आयोजित कमनवेल्थ बिजनेस फोरममा ध्यक्ष चौधरीले पहिले पैसा कमाऊँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोच त्याग्नुपर्नेमा विश्वका बिजनेस लिडरहररूको ध्यानाकर्षण गराए । ‘बिजनेस र सामाजिक कामहरू एकपछि अर्को होइन, सँगसँगै अगाडि बढाउनुपर्छ । जुन समाजले हामीलाई बिजनेस गर्ने वातावरण दिएको छ, त्यसका लागि हामीले मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्छ,’ उनले भने ।
बेलायती राजकुमार विलियम, माइक्रोसफ्टका सस्थापक विल गेट्स लगायत विश्वका प्रभावशाली बिजनेस लिडरहरू उपस्थित कमनवेल्थ बिजनेस फोरममा नेपालबाट अध्यक्ष चौधरी सहभागी भएका हुन् । कमनवेल्थमा आबद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै बिजनेस फोरम आयोजना गरिँदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठकको आयोजना गरेकी हुन् । अप्रिल १६ मा शुरू भएको बिजनेस फोरम १८ तारिखमा समापन हुने कार्यक्रम छ । चौधरी ग्रुप कमनवेल्थ इन्टरप्राइज एन्ड इन्भेस्टमेन्ट काउन्सिलको सदस्य हो ।
‘परोपकार पैसा होइन, समाजका लागि दिगो योगदान गरौं भन्ने व्यक्तिगत प्रतिबद्धता हो,’ चौधरीले भने, ‘समाजिक कामलाई पैसामा नाप्नुभन्दा त्यसबाट समाजको सकारात्मक रूपान्तरणमा के योगदान पुग्न सक्यो भन्ने दृष्टिकोणबाट हेरिनुपर्छ ।’
समाजसेवामा गरिएको खर्चको प्रतिफलका विषयमा पनि गम्भीरतापूर्वक समीक्षा आवश्यक देखिएको उनको भनाइ छ । गैरसरकारी संस्थाहरूमार्फत अति कम विकसित मुलुकमा गरिएको लगानीबाट अपेक्षित उपलब्धि हासिल हुन नसकिरहेको महसुस गरिएको बेला अध्यक्ष चौधरीले विश्वव्यापी फाउण्डेसनमा योगदान पु¥याइरहेका बिजनेस लिडर को ध्यानाकर्षण गराएका हुन् ।